साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १८।
मुसिकोट वडागाउँ सम्पर्क समाज काठमाण्डौले वडागाउँका अग्नी पीडितहरुलाई नगद सहयोग गरेको छ । समाजका बिष्णु सिह ठकुरी, श्याम जिसी तथा दिलिप कार्कीको सक्रियतामा संकलन गरेको २ लाख ८७ हजार २ सय ८७ रुपैयाँ वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै हङकङ ठकुरी समाजले पनि नगद सहयोग गरेको छ । बिष्णु सिह ठकुरी, इश्वरी सिह लगायतको पहलमा संकलन भएको १ लाख २२ हजार १ सय ११ र पोर्चुगलबाट संकलन गरिएको २ लाख ३५ हजार प्रदान गरिएको नेपाली कांग्रेसका जिल्ला सदस्य थम्मन केशीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका पुर्व सभापती चन्द्रले पनि ४५ दर्जन कापी र ५ हजार नगद तथा दिगामका मिलन न्यौपानेले ९० वटा कलम अग्नी पीडित बिद्यार्थीलाई प्रदान गर्नुभएको छ ।सहयोग र नगद रकम वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिका सदस्य हरि छन्तेल र यम बहादुर केशीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम पुर्व पार्टी सभापती तथा कांग्रेस नेता चन्द्र केशीले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस नेता थम्मन केशी, अमृता कुवंर, पुर्ण केशी तथा चिना केशीको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend