साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार जेष्ठ १८।
बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । मोना कतारले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम २०१६ का लागि कतार आएका लोक तथा रोइला गायक पुर्षोत्तम गैरे, लोक तथा दोहोरी गायिका निशा के.सी. र पप तथा आधुनिक गायक गगन पुनलाई बसन्त फिल्मस् प्रा.ली.दोहा कतारले एक कार्यक्रमको आयोजना गरी खादा ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

सोहि अवसरमा पाल्पाली सेवा समाज कतारले पनि कलाकारलाई खादा तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थियो। कार्यक्रममा बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समाज सेवी कृष्ण बराल, बिशेष अतिथि रोइला गायक पुर्षोत्तम गैरे, लोक तथा दोहोरी तथा दोहोरी गायिका निशा केसी, पप तथा आधुनिक गायक गगन पुन तथा मोना कतारका उपाध्यक्ष किरण शाही रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा पाल्पाली सेवा समाजका अध्यक्ष लिलम चिदी मगर, युवा समाज सेवी छम परियार, मोना कतारका महासचिव तिलु शर्मा पौडेल लगायत कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कतारमा बसन्त फिल्मस् प्रा.ली. कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहेको छ । कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपाल बाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै अईरहेको छ । कार्यक्रममा प्रमुख आथिति,बिशेष आथितिहरुले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै कलाकारहरुले मोना कतारलाई अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए ।
बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरु बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।
कार्यक्रमलाई समापन गर्दै सभापती काफ्लेले नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम सदैव गर्ने बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रमलाई सचिब शरद पाण्डेले संचालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend