साझा नेटवर्क
कुमार “अविरल” पन्थी/तिलु शर्मा पौडेल, कतार जेष्ठ १७ ।
मोना कतारको दोश्रो प्रस्तुति विविध सास्कृतिक कार्यक्रम भाव्यताका साथ सम्पन्न भएको छ ।
कतारमा सक्रिय रहँदै आएको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतारले मई २७ तारिखका दिन म्याग्दी जिल्लाको ग्रामिण क्षेत्रमा सन्चारको पहुँच पुराउनका लागि सहयोगार्थ विविधि सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

मोना कतारका अध्यक्ष गणेश प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री प्रमुख अतिथि रहेका थिए।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङ, समाजसेवी तथा व्यवसायी आर. के. शर्मा, बसन्त फिल्मस् प्रा.लि.का प्रवन्ध निर्देशक ईश्वर काफ्ले, लोक तथा दोहोरी गायिका देविका के.सी. लोक तथा रोइला गायक पुर्षोत्तम गैरे, लोक तथा दोहोरी गायिका निशा के.सी., पप तथा आधुनिक गायक गगन पुन, बसन्त फिल्मस् का सक्रिय सदस्य तथा समाज सेवी मेघ मोक्तान, पर्वत युवा सेवा समाजका दुर्गा बहादुर क्षेत्री, पाल्पाली सेवा समाजका अध्यक्ष लिलम चिदी मगर, तमु सेवा समाजका मदन गुरुङ, कास्की सेवा समाजका केशर क्षेत्री, सुदूरपश्चिम सेवा समाजका गंगा दत्त गिरी लगायत बिशेष अतिथि रहेका थिए।
यसैगरी खसक्षेत्री सेवा समाजका खगेन्द्र कार्की, ठकुरी सहयोग संजाल कतारका सुमन चन्द ठकुरी, विस्वकर्मा सेवा समाजका अमेरिकन रामधान, नेपाल प्रवासी मगर संघ कतारका रविन थापा मगर, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिलकुमार श्रेष्ठ, साझा नेटवर्क डटकमका सम्पादक कुमार अविरल, लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीहरु अतिथि रहेका थिए ।
बसन्त फिल्मस प्रा.लि. मुख्य प्रायोजक रहेको कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरूको प्रस्तुती रहेको थियो । कार्यक्रममा चर्चित रोइला गायक पुरुषोत्तम गैरे, म्याग्दीकी चर्चित लोक तथा दोहोरी गायिका निशा के.सी पप गायक गगन पुन यसैगरी कतारमा रहदै आएकी राष्ट्रिय लोक दोहोरी गायिका देविका के.सी. लगायत कतारमा रहेका चर्चित कलाकारहरूको बेजोड प्रस्तुतीहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेका थिए ।
जिल्लाको बहुचर्चित फ्रि वाईफाई पोजेक्टमा आर्थिक संकलन तथा कतारमा रहेका सम्पुर्ण नेपालीहरूको एकतालाई बलियो बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । ‘म्याग्दी जिल्लालाई फ्रि वाईफाई बनाउनु नेपालकै पहिचान भएको पनि उल्लेख गरे ।
कार्यक्रमको सुरुमा कतारमा कार्यरत चर्चित पप एण्ड रक गायक दामोदर न्यौपानेले द सिड्न ब्याण्डको ‘रगत पसिना’ र राष्ट्रिय भावले ओतप्रोत ‘रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो’ गीत गाएका थिए । तिरिरि मुरली बज्यो बनैमा लौ माया नमारे’ बोलको गीतमा मोना कतारका नृत्यकार देविन्द्र गर्बुजाले आकर्षक नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुको मन जितेका थिए ।
कार्यक्रममा गायक रेशम परियार, संगम विस्वकर्मा र नविन सुब्बा, बिष्णु परियारले फरक फरक प्रस्तुति दिए । कतारमा रहदै आएकी लोक तथा दोहोरी गायीका देविका के.सी.ले ‘बाजी ठोकम आउ’ बोलको गीत गाउदै स्टेज तताइन । बसन्त फिल्मसका सविच तथा सर्जक/गायक शरद पाण्डेले ‘फुल फुलेर पहेँलै भयो, आधा जीवन नेपाललाई भयो आधा जीवन कतारलाई भयो’ भन्दै सबैलाई नचाए।
यसैगरी लोक तथा दोहोरी गायक युबराज छन्त्यालले “इन्डियाको भर नपरम चाइना तिर जाम” भन्दै राष्ट्रियता झल्किने गित गाए । कमेडी डान्सर नारायण बराइलीले कमेडी नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई हसाएका थिए । कतारमा कार्यरत चर्चित डान्सर टंक थापा, अजय परियार, देउडा डान्सर लोकेस बिसी, नन्दा परियार र रिमा लामाको नृत्य कार्यक्रममा बिशेष आकर्षण बन्यो ।
सम्झी मलाई बोलाउनु भो रमाउदै आएको छु
सोच्दै न सोचेको खुसी मैले यहाँ पाएको छु ।।
आभारी छु हजुर पर्ती आभार प्रकट गर्दछु म
शब्द रुपि माला उनी स्विकार्नु होस लिएको छु।।
भुल्नु कसरी पो मैले हजुर हरुको माया माया मलाइ
भुल्ने छैन सास रहुन्जेल मैले कसम खाएको छु।।
आजको यो उत्सवमा देख्न पाउ खुसी सबै
भब्य अनि सभ्य होस बस यत्ती चाहेको छु।।
गजल वाचन गर्दै स्टेजमा प्रवेश गरेकी राष्ट्रिय लोक तथा दोहोरी गायिका निशा के.सी.ले “जे भनेनी सहने बानि पर्या छ, म रुन्छ र आशुका भेल बग्छ तिमि भन्छौ पानी पर्या छ” भन्दै आफ्नो सुमधुर स्वरले सबैको मन जित्न सफल बनिन ।
क्रमशः लोभै लाग्ने जिउ, भिरमा गाईको बाच्छी, सम्झानाले सार्है रोए र सहनाई रोलाकी लगायतका आधा दर्जन गीत गाइन । रोइला गायक पुरुषोत्तम गैह्रेले “एउटा माया बुटोल अर्की माया खैरेनी, कहाँ जाउँ कहाँ जाउँ भै रहनी” बोलको गीत गाए । उनले आफ्ना चर्चित गीतहरु मेरी माया पोखरा, यो दिल भित्र नमेटिने घाउ छ” लगायतका गीतहरु गाएर दर्शकलाई नचाए ।
त्यसैगरी ‘तिम्रो दिल मेरो लागि भन्दै’ स्टेजमा देखिएका पप तथा आधुनिक गायक गगन पुनले आँखामा उनको आँशुले, तिम्रो दिल मेरो लागि, पिरतीको दरबार, सिरिमा सिरी, सालैजो, पहिलो पहिलो भेट, बिताउ दुइ दिन लगायतका गीतहरु गाउँदै स्टेज तताए ।

कार्यक्रममा बसन्त फिल्म प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले यस्ता सास्कृतिक कार्यक्रमले कला संगको मित्रता तथा विभिन्न सामाजिक कार्यहरुलाई अझै बलियो बनाउन सहयोग पुर्याउने बताए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेस तामाङले मोना कतारले बिगतदेखि सामाजिक क्षेत्रमा गरेको कार्य र एनआरएनसँगको सहकार्यको बारेमा प्रशंसा गरे । समाजसेवी तथा सफल व्यवसायी आर.के. शर्माले मोना कतारलाई आफुले सक्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले मोना कतारले बहु चर्चित प्रोजेक्ट फ्री वाइफाई जिल्ला बनाउन सहयोग पुराउने उदेश्य सहित ‘ग्रामिण सञ्चार बिकासका लागि सहयोगार्थ’ विविध सास्कृतिक कार्यक्रम आयोजना गरी ऐतिहासिक कार्य गरेकोमा उच्च प्रसंसा गरेका थिए ।
कार्यक्रमका सभापति गणेश श्रेष्ठले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समापन गरेको कार्यक्रमलाई महासचिव तिलु शर्मा पौडेलले सञ्चालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend