logo
  • शनिबार, साउन ३० २०८३

क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा गुल्मीलाई ३ स्वर्ण, ४ रजत र २ काश्य पदक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १७।
पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा गुल्मीले ३ स्वर्ण पदक हात पारेको छ । त्यस्तै ४ रजत र २ काश्य पदक जित्न पनि गुल्मी सफल भएको छ । पोखरामा जारी १५ सय मिटर र ३ हजार मिटर दौडमा रोहित अधिकारी उत्कृष्ठ बनेका छन् । उनी १९ गते काठमाण्डौमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा छनोट समेत भएका छन् ।

p 2

रोहित संगै ३ हजार मिटर दौडमा उत्कृष्ट भएकी गीता विक पनि राष्ट्रिय खेलका लागी छनोट भएको जिल्ला खेलकुद विकास समितिका गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौमा हुने प्रतियोगीताको लागी छात्रा कवर्दी तर्फ इश्वरा कार्की, सपना सारु, इस्मिता श्रीस र छात्र तर्फ अविनाश कार्की पनि छनोट भएका छन् । त्यस्तै तेक्वान्दोका बिक्रम राना र भलिवलबाट थम्मन खत्री पनि काठमाण्डौमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा छनोट भएको कार्यालय प्रमुख दिपक केशीले जानकारी दिनुभयो । त्यस्तै मार्च पासमा पनि गुल्मी उत्कृष्ट भएको छ ।

p 3

यसैबिच कर्वदीमा गुल्मी द्धतिय, छात्रा तर्फ उत्कृष्ट खेलाडीको उपाधी महेन्द्र उमाविकी इश्वरा कार्कीले पाएकी छन् । ४ × सय मिटर रिले दौडमा गुल्मी चौथौ स्थान प्राप्त गर्न सफल भएको छ । जिल्ला खेल खेलकुद विकास समितिले पोखरामा हुने क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरुलाई जेठ १५ गते बिदाई गरेको थियो । जिल्लाका ३ वटा निर्वाचन क्षेत्रका विद्यालयहरुबाट विभिन्न खेल बिद्यामा छनोट भएका खेलाडी क्षेत्रिय खेलमा सहभागी हुन पोखरा गएका हुन् ।

भलिवल, दौड, कर्वर्दी, हाइजम्प, लङजम्प, ज्यावलीङ्ग थ्रो, आइटीएफ र मार्चपास लगाएतका खेलमा प्रतिस्प्रर्धा भएको थियो । खेलकुदको नतिजा जानकारी गराउँदै खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले पदक, मेडल र ट्रपी जितेर गुल्मीको नाम राख्ने खेलाडीहरुको सम्मानमा आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend