logo
  • शुक्रबार, साउन ८ २०८३

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा पन्थ


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

janakप्रेम सुनार, गुल्मी जेठ १७ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा जनक पन्थ सर्वसम्मत निर्वाचित भएका छन् । निर्वतमान सचिव रहेका पन्थलाई पाँचौ जिल्ला अधिवेशनले सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा तुल्सीङ्ग रनपछाई, उपाध्यक्षमा टिकाराम पोखरे , सचिवमा वसन्त खत्रीm सह–सचिवमा महेन्द्र भण्डारी, कोषाध्यक्षमा शिलु भट्टराई र सह कोषाध्यक्षमा लोकेन्द्र क्ँवर निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश वस्नेत, भुवन भुसाल, शोभा ज्ञवाली, ईश्वरी कँडेल , रमेश बिक, कमल कँडेल ,दुर्गा केसी, वलाराम मरासीनी, विश्वास पौड्याल र गणेश अधिकारी चयन भएका छन् ।

अध्यक्ष पदमा कुनै विवाद नरहे पनि पदाधिकारीमा तछाड मछाड भए पछि केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, उपाध्यक्ष विष्णु खत्री लगायतका गायन क्षेत्रका नेताहरु वाल मन्दिर सभाहलमा रातको साढे दुई वजे सम्म बस्नु परेको थियो । निवर्तमान अध्यक्ष खुम खत्रीले पाँचौ जिल्ला अधिवेशनलाई शानदार रुपमा सफल बनाए पनि अध्यक्ष पदमा दावी गरेनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend