logo
  • शनिबार, साउन ९ २०८३

भूकम्प पीडितलाई सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

संगिता कुवँर, टोकियो जेष्ठ १६ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प पीडितको सहयोगार्थ आर्थिक एवम अन्य सहयोग उपलब्ध गराउने जापान सरकार र जापानी नागरिकहरुलाई धन्यवाद दिन आरिगातो कार्यक्रम जापानमा भब्य रुपमा सम्पन्न भएको छ । 13318642_952512894869594_2005897343_n

आइतबार नेपाली राजदुताबास जापान, नेपाल पर्यटनबोर्ड एनआरएनए जापानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जापानको मुख्य शहरहरु आरिगातो निहोन धन्यवाद जापान लेखिएका प्ले कार्ड र ब्यानरमा रंगिएका थिए । साथै नेपाल भ्रमणको निम्तो दिदै ३० हजार पोष्टकार्ड समेत बितरण गरिएको छ ।
13324392_952513058202911_628420357_o
टोकिएको सिबुया ,सिन्जुकु ,ईकेवुकुरो सहित ओसाका, फुकुओका, नागोया, निगाता, योकोहामा, सिजुओका, ओकिनावा, होक्काईदो, सेन्दाई, ईवाराकी, तोचिगी, निगाता लगायतका क्षेत्रमा ढाका टोपी र नेपाली मौलिक पहिचान झल्कने पहिरनमा सहभागि भएका नेपालीहरुले धन्यवाद सहित पोस्टकार्ड वितरण गरेका हुन्।
13293266_952512878202929_304816129_n
जापानले नागरिकलाई बिपद्को बेला गरेको सहयोगको लागि धन्यवाद भन्दै नेपाल घुम्नको लागि निमन्त्रणा पनि गरेका थिए । नेपाली पोशाकमा उपस्थित नेपालीको कार्यक्रममा जापानिज पनि रमाएका थिए ।
13336377_952520928202124_107579048_n
जापानका लागि कार्यबहाक राजदूत गेहेन्द्र राजभण्डारी , एनआरएन आई सी सी उपाध्यक्ष भवन भट्ट , एनआरएन जापानका अध्यक्ष शुदन थापा लगाएत कार्यक्रममा थुप्रै नेपालीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend