साझा नेटवर्क
दोहा, जेष्ठ १६ ।
तनहुँ सेवा समाज कतारले आफ्ना जिल्लाका माननीय सभासद शंकर भण्डारी द्वारा अपमानित महशुस गरेको छ । भण्डारी जनसम्पर्क समितिको चौथो अधिवेशनको लागि सम्बोधन गर्न कतार आएका बेला आयोजकसंग समय माग्दै जिल्लाबासीहरुले उनको लागि सम्मान कार्यक्रम राखेका थिए ।
माननीय ज्यु कार्यक्रममा आउछु भनेर उपस्थिती नहुदा आफुहरु अपमानित महशुस भएको सस्थाका अध्यक्ष तोयानाथ पौडेलले बताए । समाजले दोहा स्थित टपफर्म रेष्टुरेन्टमा २७ मे २०१६ शुक्रबार का साझ सम्मान तथा भेटघाट कार्यक्रम राखेको थियो । तनहुँ क्षेत्र १ बाट संविधान सभामा प्रत्यक्ष तर्फबाट निर्वाचित माननीय सभासद जिल्लामा निकै लोकप्रिय ब्यक्ति भएपनि कतारमा जिल्लाबासीलाई आफ्नो समय दिन सकेनन् ।
उनको पर्खाईमा साँझ ८ बजे देखि कुरेका प्रवासी तनहुँबासीले राती अबेरसम्म उनको बाटो हेरेर बस्नु सिवाय अरु केहि मिलेन । माननिय सभासद भण्डारी उक्त कार्यक्रममा उपस्थिती नभइ दिंदा सम्मान गर्न बसेका तनहुँवासीहरु निराश भएर फर्किनु पर्दा सबैमा दुख लाग्नु स्वभाविक नै हो । यहाँहरुमा पर्न गएको असर प्रति हामी क्षमा प्रार्थी छौ । अध्यक्षले भने।
प्रवासको ठाउमा आफ्नै जिल्लावासी युवा नेता तथा जनप्रतिनिधि आइरहदा भेटघाट गरी सम्मान गर्नु हाम्रो दायित्व महशुस गर्दै सम्मान कार्यक्रमको आयोजना गरीएको थियो ।श्रमिकहरुको समस्याहरु राख्दै समाधानमा पहल गर्नु हुनेछ, भन्ने आशाहरु पनि राखेका थियौ । तथापी दुखका साथ भन्नु पर्दा जिल्लाबासी प्रति उनले गरेको बेवस्थामा हामी निकै दुखित भएका छौ ।
यसरी कार्यक्रम आयोजना गरिसके पछि कार्यक्रममा बोलाइएको ब्यक्ति नै नआइदिदा सहभागिहरुलाई कस्तो महशुस भयो होला । तनहुँबासीहरु माननिय सभासद ज्युलाई अगामी दिनहरुमा यस्ता कार्य नगरीदिनु हुन आग्रह समेत गरका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend