logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा गणतन्त्र दिवस मनाईयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १५ ।
जिल्ला विकास समिति गुल्मीले गत तिन देखि विविध कार्यक्रमका साथ मनाउँदै आएको नवौ गणतन्त्र दिवसको आज समापन गरेको छ । आज गणतन्त्र दिवसका दिन मुल समारोह समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थी र विशिष्ट अतिथीहरु सहितको टोली विहान सदरमुकाम तम्घासमा प्रभात फेरी कार्यक्रम गरेको थियो ।

तम्घासको लाकुँरी मञ्चबाट निस्केको प्रभातफेरी पुरानो वजार , पुतली वजार , नयाँ वजार हुँदै वालमन्दिर प्रागणमा आई सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला न्यायधिस मातृका प्रसाद मरासीनीको प्रमुख अतिथ्यता र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा तिन वटै सुरक्षा निकायका प्रमुखहरु र विभिन्न राजनैतिक दलका नेताहरुको प्रतिनिधीत्य रहेको थियो ।

गणतन्त्र दिवसका अवसमा अँस्ती पहिलो दिन सदरमुकाम सरसफाई कार्यक्रम गरिएको हिजो महिलाहरु विच मैत्रीपुर्ण फुटवल खेल प्रतियोगिता गरिएको र आज विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईएको मुल समारोह समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए ।

कार्यक्रम उनै स्थानिय विकास अधिकारी पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम अधिकृत विनोद मरासीनीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend