साझा नेटवर्क
संगिता कुवर, टोकियो जेष्ठ १५।
एनआरएन जापानले ५ करोडको आपातकालिन कोष व्यवस्थापन तथा सञ्चालन सम्बन्धि प्रारम्भिक कार्ययोजना सार्वजनिक गरेको छ ।
आज टोकियो मा पत्रकार सम्मेलन मार्फत सर्वजनिक गरिएको हो । कोष संकलन योजना कोषको आन्तरिक स्रोत व्यवस्थापनका लागि,आईसीसी केन्द्रिय उपाध्यक्षबाट १० मान येन,एसिया प्यासेफिक संयोजकबाट ५ मान येन, उप संयोजकबाट १ मान येन,संरक्षकबाट २ मान येन,कार्यसमितिका सदस्यहरुबाट जनही २/२ मान येन,क्षेत्रिय सदस्यहरुबाट जनही १/१ मान येन संकलन गर्ने योजना रहेको बताईएको छ ।
यसका साथै, राहत कोषमा सदस्यता वितरण गरी,सदस्यहरुबाट १ हजार येनको दरले सदस्यता शुल्क उठाउने योजना रहेको छ। अध्यक्ष सुदन थापाका अनुसार जापानमा रहेका रेष्टुरेण्ट तथा अन्य संघ संस्थाहरु बाट पनि सहयोग संकलन गरिने छ । रेष्टुरेण्टहरुबाट १/१ मान तथा संघसंस्थाहरुबाट उनिहरुको क्षमता र प्रकृति हेरी ५ र १० मान येन संकलन गरिने जानाईएको छ । कोष वृद्धिका लागि अन्य बाह्य स्रोतहरु पनि खोजिने बताईएको छ ।
केहि समय अघि सम्पन्न मह जात्राबाट ४ सय ३० मान येन संकलन भएको र आगामी दिनमा नेपाल फेस्टिवल तथा तीज विशेष कार्यक्रमहरु आयोजना गरी कोष संकलन गरिने बताईको छ । यसका साथै अन्य च्यारिटी तथा सांगीतिक कार्यक्रमहरु पनि गर्ने लक्ष्य राखेको छ ।
एनआरएनले कोष व्यवस्थापन तथा सञ्चालनका लागि प्रारम्भिक खाका पनि सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली दुतावास,आईसीसी उपाध्यक्ष र एसिया प्यासेफिक संयोजक रहने संरक्षक समिति,एनआरएन जापानका अध्यक्ष संयोजक रहने एनआरएनएका कार्यसमिति, र सल्लाहकारहरु,क्षेत्रिय कमिटी संयोजकहरु र संघसंस्थाका अध्यक्षहरु सम्मिलित समिति पनि रहने बताईएको छ । कोष व्यस्थापन तथा सञ्चालनका लागि प्राविधिक समिति पनि रहने छ । प्राविधिक समितिमा अध्यक्ष सुदन थापासंगै टासी वाङ्डे लामा,टंक गैरे,देविलाल भण्डारी,जिज्ञान कुमार थापा,डा विजय ज्ञवाली,सोनाम शेर्पा र संबन्धित क्षेत्रिय संयोजकहरु रहेनछन् । त्यस्तै कोष व्यवस्थापनका लागि,सल्लाहकार समिति पनि रहने जनाईएको छ ।
कोष एनआरएनको मताहतमा रहने बताईएको छ । कुनै पनि कार्यमा कोषको रकम खर्च भएपछि तीन महिना भित्रमा अन्य स्रोत र साधनबाट सोधभर्ना गर्नुपर्ने प्रावधान राखिएको छ । पत्रकार सम्मेलमा यहि २९ तारिख हुने आरीगातोउ जापान कार्यक्रमको तयारी पुरा भएको छ । दिउसो ३द्खि ४ बजे सम्म आफुलाई उपयुक्त हुने स्थानमा उपस्थीत भई, कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जापानवासी नेपालीहरुलाई आयोजक दुतावास तथा एनआरएनए जापानले अनुरोध गरेको छ ।
त्यसैगरी जापानको पछिल्लो भुकम्प प्रभावित क्षेत्र कुमामोतोमा आगामि जून महिनाको ४ र ५ तारिख भोलेन्टियर भई सहयोग गर्न ईच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । ईच्छुक व्यक्तिहरुले जून २ तारिख भित्र प्रल्हाद सिंह महतलाई सम्पर्क गर्न सक्ने बताईएको छ । एनआरएन अध्यक्ष सुदन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन सचिव बुद्दीराज घिमिरेले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend