logo
  • शनिबार, साउन ३० २०८३

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठ)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमडौ, जेठ १५।
सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् ।

Finance Minister Bishnu Prasad Poudel reads out the annual budget estimates for the Fiscal Year 2016/17 at the at the meeting of the Legislature-Parliament on Saturday May 28, 2016. Photo: RSS

कूल विनियोजित बजेटमध्ये सरकारले सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ। यो कुल बजेटको ५८.९ प्रतिशत हो । त्यसैगरी, पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रूपैयाँ र वित्तीय व्यवस्था तर्फ १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

पुँजीगतर्पफ छुट्याइएको बजेट कुल विनियोजित बजेटको २९.७ प्रतिशत हो भने वित्तीय व्यवस्थातर्फ छुट्याइएको बजेट ११.४ प्रतिशत हो ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

पोहोरको बजेटमा कति थियो ?

चालु आवका लागि सरकारले पोहोर ल्याएको बजेटमा साधारणतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो ।

त्यसैगरी, पुँजीगत तर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बााकी हुादा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

त्यस्तै, चालु आवमा वित्तीय व्यवस्थातर्फ चालु अावमा १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बजेट वक्तव्य २०७३

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend