logo
  • शनिबार, साउन ९ २०८३

उत्कृष्ट पत्रकारिता पुरस्कार सहकर्मी खत्रीलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, गुल्मी जेठ १५ ।
उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा क्रियाशिल पत्रकार तथा हाम्रा सहकर्मी अनिल खत्रीलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको पाचौ जिल्ला अधिवेसनको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित समारोहमा पत्रकार अनिल खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको थियो ।
anil
कला साँस्कृतिक संरक्षण गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले आफ्नो तिन वर्षे कार्यकालमा गरेका कार्यक्रमहरु बिभिन्न सञ्चार माध्यमा प्रचार प्रसारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सम्मानित पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द शर्मा, कार्यक्रमका बिशेष अतिथी गुल्मीका माननिय जिल्ला न्यायदिस मातृका प्रसाद मरासेनी लगायतले नगद,दोसल्ला सम्मान पत्रले सम्मान गर्नु भएको थियो । गुल्मी जिल्लाको हस्तिचौर गाविसमा जन्मिएका पत्रकार खत्री बिगत ८ वर्ष यता गुल्मीबाट बिभिन्न सञ्चार माध्यममा काम गर्दै आउनु भएको छ ।

सम्मानित पत्रकार नेपाल पत्रकार महासंघ गुल्मी शाखाको कोषाध्यक्ष समेत रहनु भएको. छ । सम्मन पछि पत्रकार खत्रीले आफुलाई यो सम्मानबाट थप प्रेरण मिलेको बताए । यो सम्मानबाट आगामी दिनहरुमा कला सास्कृतिको संरक्षण र प्रचार प्रसार गर्नमा भलिका दिनहरुमा अझवढी सक्रिय भएर कलम चलाउने प्रने बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको पाचौ जिल्ला अधिवेसन सुरु भएको छ । अधिवेसनको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले गर्नु भएको थियो । उक्त आयोजित साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु बद्रि पंगेनी, बिष्णु खत्री बिमलराज क्षेत्री, शिरिश देवकोटा, खुमन अधिकारी, पुस्कल शर्मा, नविन पौडेल, बैकुण्ठ महत, लक्ष्मण खड्का, रामचन्द्र चन्द, जमुना राना, रुपा जिएम, सिता राना लगायत दुई दर्जन भन्दा वढी राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुले दिन भर सांगितक प्रस्तुति प्रदान गरेका थिए । अधिवेसनबाट आगामी तिन वर्षका लागी नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ । अधिवेसनमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय संस्थापक अध्यक्ष अंमर बिरही गुरुङ्ग लगायत जिल्लाका बिभिन्न कार्यलयका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने बिभिन्न कलाकार तथा बिभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend