logo
  • शनिबार, साउन ३० २०८३

पछुतो मान्दै पुनः मूलघर तिर प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राम प्रसाद पराजुली, कतार ।
प्युठान जिल्ला चुजा ७ निबासी बलदेव राना र प्यूठान नगरपालिका वडा न.१५ निबासी प्रकाश केसी नेपाली जनप्रगतिशील मन्च कतारलाइ परित्याग गरि पुन: कतार नेपाली एकता समाजमा प्रवेश गरेका छन।

रोजगारीको सिलसिलामा लामो समय देखि कतारमा कार्यरत रहदै आउनु भएका बलदेव राना र प्रकाश केसी केहि समय पहिले एकता समाज बाट भुलबस बाटो बिराई नेपाली जनप्रगतिशील मन्चमा आबद्ध रहदै आएका थिय ।

लामो समय सम्म कतार नेपाली एकता समाजमा सक्रिय रुपमा काम गर्दै आउनु भएको दुवै जना केहि समय पहिले नेपाली जनप्रगतिशील मन्च कतारमा आबध हुन पुगेता पनि उक्त कदम गलत भएको महसुस गर्दै पुन पुरानै घर फर्केको जानकारी गराएका छन ।

पुनः सक्रियरुपमा कतार नेपाली एकता समाजमा रही संघठनको नीतिनियम र सिद्धान्त प्रति पुन प्रतिबद्धता जाहेर गर्दै क्रियासिल रहने बताए । मूल घरमा फर्केको जानकारी गराउदै आजको दिन देखि नेपाली जनप्रगतिशील मन्च कतारको कुनै पनि जिम्मेवारी पद र त्यस सम्न्धित कुनै पनि ठाउमा नरहेको जानकारी गराए ।

13282529_1763690613874317_1061281252_o

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend