logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको चिदीचौरमा महिलाहरु विच भिडन्त


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी  जेठ १४ ।
नवौ गणतन्त्र दिवसको पुर्व सन्ध्यामा आज आयोजित फुटवल खेलमा महिला महिला विच निकै रोमञ्चक भिण्डन्त भएको छ । हाल सम्म मनाईएका गणतन्त्र दिवसको ईतिहाँसमा पहिलो पटक महिलाहरु विचमा खेलाईएको मैत्री पुर्ण खेलमा स्थानिय महिला र कर्मचारी महिलाहरु विच भिडन्त गराईएको थियो ।
m 9
उक्त प्रतियोगितामा कर्मचारी महिलाको टिमलाई स्थानिय महिलाहरुको टिमले शुन्यका विरुद्ध तीन गोल हानेर पराजीत गरेका छन् । गोल बढि खाए पनि कर्मचारी महिलाहरुको खेल पनि निकै राम्रो थियो । कर्मचारी महिलाको तर्फबाठ महिला तथा वालवालिका अधिकृत प्रतिभा पन्थीले खेलमा हार, जित स्वभाविक भएको भन्दै असाध्यै मिठो अनुभव संगालल्न पाएको प्रतिकृया दिईन ।

m 10

स्थानिय महिलाहरुको तर्फबाट विजेता टिमकी विष्णुकुमारी सापकोटाले आफु यसपाली महिला जिल्ला समन्व्य समितिको उपाध्यक्ष भएको हैसियतले पुर्व तयारी बैठकमा महिलाहरु विच मैत्रीपुर्ण फुटवल खेल गरिनु पर्ने प्रस्ताव राखे अनुसार पहिलो पटक यो प्रतियोतिा गणतन्त्र दिवसको अवसरमा आफुहरु खेल्न पाएको बताईन । उनि संगै खेलमा सहभागी ललिता गौतम ,कमला घर्ति, धना भण्डारी अनिषा केसी लगायतले पहिलो पटक फुटवल खेल गणतन्त्र दिवसको अवसरमा खेल्न पाएकोमा खुशी लागेको प्रतियोगिता दिए ।
m 2
आजको खेलमा उत्कृष्ट खेल विजेता टिमबाट तम्घास खानीगाउँकी किरण भुजेलले खेलिन । खेलको सुरुवातमै किरणले एक गोल लगाईन । दोश्रो गोल पनि उनले नै गरिन् । तेश्रो गोल वामीकी ईन्दु केसीले गरेकी थिईन् । मुख्य डिफेन्डरमा विजेता टिमकी भगवती राना मगरको निकै राम्रो भुमिका रहेको थियो । अन्य डिफेन्डरहरु एलिजा थापा श्रीस् लगायतको खेल प्रदर्शनले दर्शकहरुलाई ४५ मिनेट समय गएको पत्तै भएन् ।

खेल निकै अभिरुची पुर्वक हेरिरहेका जिल्ला न्यायधिस ऋषिराम मरासनीले खेल निकै रोमञ्चीत भएको प्रतिकृया दिए । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले यो पनि गणतन्त्रमा हुनु पर्ने एउटा प्रतिस्पर्धा भएकोले स्थानिय महिलाहरु विच र कर्मचारी महिलाहरु विचमा प्रतिस्पर्धा गराईएको बताए ।

नवौं गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष तथा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले हिजो तम्घास वजार सरसफाई गरिएको आज उक्त खेल र भोली विविध कार्यक्रमका विच गणतन्त्र दिवस मनाउन लागिएकोले सवैको सहभागिताका लागि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend