logo
  • शनिबार, साउन ९ २०८३

कार्यालयमा हुने डन बादलाई तह लगाउन निजामती कर्मचारीले जित्नु आवस्यक


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी  जेठ १४ ।
निजामती कर्मचारी संगठन गुल्मीको चुवावी अभियान अन्तरगत अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । भेटघाटको क्रममा १९ गते हुने आधिकारी ट्रेड युनियनको चुनावको तयारीका बारेमा बृहत छलफल गरिएको छ ।

कार्यक्रममा मतको सुरक्षा, सदरमुकाको भुगोल बाहिरका मतदाताहरुको व्यावस्थापन, संगठनको अहिले सम्मको जनमत तथा अब अग्र स्थानमा उभ्याउन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले सदरमुकाम तथा रेसुङ्गा नगरपालीका भित्रका कार्यालयहरु हामीले चलाएका छौ भन्ने प्रतिस्प्रर्धी संगठनका डनहरुलाई तह लगाउन निजामती कर्मचारी संगठनलाई जिताउन सवै निजामती कर्मचारीहरुलाई आग्रह गरे ।

उनीहरुले सदरमुकामका केहि कार्यालयहरुमा आफ्ना संगठनका कर्मचारीको सरुवाका कागज समेत लुकाउने गरेको बताउँदै अव त्यो समय नआउने बताए । कार्यक्रममा एमाले एमाले गुल्मीका कार्याबाहक अध्यक्ष मधुकृष्ण पन्थी, पार्टी सचिव सोमनाथ सापकोटा, संगठनका केन्द्रिय सदस्य ददिराम मरासिनी, पेसागत महासंघका माधव ज्ञवाली लगायते संबोधन गर्नुभएको थियो ।

उहाँहरुले सधै कर्मचारीहरुको पक्षमा आफुहरु र एमाले पार्टी रहेकाले निजामती कर्मचारी संगठनलाई ढुक्क संग मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष चोला शर्माको अध्यक्षता, संगठनका सहकारी बिभागका केन्द्रिय सदस्य रमेश आचार्यको स्वागत तथा सचिव कर्ण बहादुर पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टीका पुर्व अध्यक्ष बोम बहादुर खड्का, सचिवालय सदस्य कृष्ण पन्थी, जंग नेपाली, हिरा एसी, डिल्लीराज भुसाल चुनाव प्रसार प्रसार समितिका संयोजक भक्तिराम मरासिनी लगायत संगठन तथा पार्टी मातहतका संगठनका प्रमुख प्रतिनिधीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend