logo
  • शुक्रबार, साउन ८ २०८३

खरेलको अभिव्यक्ती विरुद्द मुम्बईमा पनि विरोध सभा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अर्जुन खनाल, नयाँ दिल्ली भारत जेष्ठ १४ ।
कोशी अंचल प्रमुख एस एस पि पवन प्रसाद खरेलले दलितको अपहेलना हुने गरि मिडिया ग्रुप द्वारा धरानमा आयोजित कार्यक्रम गत जेष्ठ ६ गते दिएको अभिव्यक्तिको विरुद्धमा भारतको मुम्बईमा कर्यरत विभिन्न संगठनहरुको संयुक्त आयोजनामा २६ मईका दिन अखिल भारत नेपाली एकता मंचको अगुवाइमा बिरोध सभा सम्पन्न भएको छ । महान शहिदहरु प्रती एक मिनेट मौन धारणबाट सुरु भएको उक्त कार्यक्रममा खरेलको तस्विर जलाएर खरेल विरुद्द नारा लगाईएको थियो ।

अखिल भारत नेपाली एकता मंचबाट मोहन देवकर , चन्द्रमणी शर्मा र टेक बहादुर ताम्राकार , प्रवासी नेपाली संघबाट रणविर कौशल , नेपाली समाज कल्याणबाट राजेन्द्र थलारी , पाँचकोटी नगार्जी समाजबाट शंकर परियार , नेपाली जनविकास परिषदबाट सुरेश मयालती , अन्तर्राष्ट्रिय नेपाली विश्वकर्मा समाजबाट ईन्द्र बहादुर सिंह विश्वकर्मा , नेपाल दलित प्रवासी संघबाट लाल सिंह देवकर , शिवसेना नेपालबाट लोगी सुनार , देवकर समाज सुधार समितीबाट रतन देवकर , नेपाल दलित पार्टीबाट रमेश ताम्राकार , नेपाल न्युज दैनिकबाट भुमिलाल पौडेल लगायतले खरेलको अभिव्यक्तिको घोर विरोध गर्दै खरेललाई कडा कार्वाहीको माग गरेका थिए ।

भारतको दिल्ली लगाएत अन्य ठाउँमा पनि बिरोध प्रदर्शन भएको जानकारी आर बि खड्काले जानाकरी गराउनु भएको थियो ।कार्यक्रम अखिल भारत नेपाली एकता मंचका केन्द्रीय समिती सचिव सुरेन्द्र देवकरको अध्यक्षता र नेपाल दलित पार्टीका केन्द्रीय सदस्य पदम भुषालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend