logo
  • शनिबार, साउन ३० २०८३

शिक्षण अस्पतालमा आमासँग भक्कानिए विमल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, जेठ १४ ।
विमल र मनीषा बालख हुँदा बुबाको निधन भयो। उनीहरुलाई बाबुको माया थाहै भएन। आमा धनकुमारीलाई दुबै सन्तान हुर्काउने दायित्व थपियो। उनले हिम्मत हारिनन्। छोराछोरी नै भविष्य ठानेर पारिवारिक व्यवस्थापन र संघर्षमा उनले सिंगो जीवन अर्पण गरिन्।
bimal
१४ वर्ष पहिले श्रीमान् गुमाउँदाको पीडा भुलाउन छोरा विमल अवतारजस्तै बनेर अगाडि आए। विमल आमा र परिवारलाई मात्रै हैन, सिंगो देशकै लागि सुखद बाहारजस्तै बनेर उदाए।

आमा धनकुमारी आफ्नो सन्तानले हेर्दाहेर्दै राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा पाएको सफलता देखेर दंग थिइन्। उनको संसार उज्यालो र निकै फराकिलो हुँदै गएको थियो। सानो टिनको छाप्रोमा बस्दै आएको परिवारका न्यूनतम आवश्यकताहरु पूरा हुँदै थिए। विमलसँगै परिवारकै चर्चा टोल, छिमके हुँदै देशैभरि विस्तार हुँदै गएको थियो। धनमायाँका दुई आँखाका नानी थिए दुई सन्तान। एक विमल, अर्की थिइन् छोरी मनीषा।

माध्यमिक तहको शिक्षा सकेर छोरी मनीषा उच्च शिक्षामा पाइला टेक्दै गर्दा परिवारमा अर्को खुसी छाएको थियो। तीन जनाको परिवारमा सुख र हर्षका दिनहरु क्रमशः थपिदै आएका थिए। परिवारका सपना पूरा हुने चरणमा थिए।

परिवारको मुली गुमाएको पुरानो घाउ निको हुँदै गएको थियो, परिवारमा एकाएक अर्को बज्रपात थपियो। धनकुमारीको एउटा आँखाको नानी मनीषा अब यो संसारमा रहिनन्। दाजु बहिनीको त्यो पवित्र साथ अकश्मात टुटेको छ। मनीषाको रहस्यमय मृत्युपछि परिवारमा अब आमा छोरामात्रै एकअर्काको सहारा बन्नु परेको छ।

शुक्रबार शिक्षण अस्पताल महाराजगन्जको दृश्यले त्यहाँ जुटेका धेरैका आँखा रसाए। बेल्जियमबाट फर्केका विमल र उनकी आमा परिवारको प्रीय सदस्य गुमाउनुको अथाहा पीडामा थिए। विमल आमालाई सम्हाल्न खोज्थे तर आफैँ सम्हालिन हम्मे पर्थ्यो। केहीपछि विमल सम्हालिए पनि आमा धनकुमारी मुर्छित थिइन्। उनलाई विमलले पटक पटक सम्झाउने कोशिस गर्दै थिए।

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विलम बहिनीको मृत्युको खबर सुनेको २४ घण्टामा बेल्जियमबाट नेपाल फर्केका छन्। नवलपरासीस्थित बर्दघाटमा बहिनी मनीषाको रहस्यमय मृत्यु भएपछि उनको शव जिल्ला अस्पताल परासी हुँदै पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ। शुक्रबार फर्केका विमल सोझै शिक्षण अस्पताल पुगेर आमा र आफन्तलाई भेटेका छन्।नागरिक

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend