साझा नेटवर्क
बालकको तस्वीर देख्दै डरलाग्दो छ । २ वर्षको यो बच्चाको टाउँको यति ठूलो छ की टाउकोको आकार फुटबल जत्रै छ भने तौल चाहीँ सामान्य भन्दा तीन गुणा बढि छ ।

दक्षिणी बंगलादेशमा जन्मिएको इमोन नामको यो बालकको टाउकोमा ठूलो परिमाणमा पानी जमेका कारण टाउको फुलिएर यतिविघ्न ठूलो भएको छ । बच्चाको टाउकोको तौल ९ किलो छ जुन एक वर्षको बच्चाको सम्पूर्ण जिउको तौल बराबर हो ।असामान्य रुपमा टाउको ठूलो भएका कारण यो बालक हिँडडुल गर्न तथा खुट्टा चलाउन पनि सक्दैन जसका कारण बाबुआमाले उसको हेरचाह गरिरहनु पर्दछ ।
headछोराको उपचारका लागि उसका बाबुआमा धेरै डाक्टरकोमा धाए तर उसको रोग पत्ता लागेन । उनीहरुले आध्यात्मिक उपचार पद्धति नअपनाएका होइनन् तर बिसको उन्नाइस भएको छैन र टाउकोको आकार बढिरह्यो । अन्ततः त्यो बालकलाई हाइड्रोसिफालस नामक रोग भएको पत्ता लाग्यो । जसका कारण खप्परभित्र पानी जम्मा हुन्छ र सोही तरल पदार्थका कारण मस्तिष्कमा दबाब भएर क्षति पुग्दछ ।
डाक्टरहरुले विदेश लगेर उपचार गरेमा मात्र इमोनको उपचार सम्भव रहेको बताएका छन् । तर बच्चाका बुवाआमा छोराको उपचारका लागि विदेश लैजान सक्ने आर्थिक हैसियतमा छैनन् । स्मरण रहोस् यसअघि पनि हाइड्रोसिफालस भएर भिमकाय टाउको भएकी एक भारतीय बालिकाको नयाँदिल्लीस्थित अस्पतालमा सफल उपचार भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend