logo
  • शनिबार, साउन ३० २०८३

गायिका अनु गुरुङ गायन देखि मोडलिङ सम्म


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द काठमाडौ जेठ १४ ।9199_613894158764334_7069297302584757237_n
गुल्मी दिबुङ ९ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौँलाइ कर्म भुमि बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल भएकी छिन । नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन अनु गुरुङ ।

विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी हुन । दर्जनौ हिट गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन ।

गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याईसकेकी छिन । बिसेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हरेक प्रकारका गित गाउन सक्ने क्षमता छ ।
12963675_627692260717857_6596269861108331968_n
उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु । आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन ।

उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हरेक प्रकारको गित गाउन सक्ने क्षमता पनि छ । उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

लोक सस्कृति भनेको हाम्रो सम्पति हो, लोक भाका, लोक दोहोरीलाई बचाई राख्नु, संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो । त्यसैले धेरै लोक संगीतमा झुकाब रहेको गायिका अनुले साझा नेटवर्कलाई बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend