logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीका अग्नि पिडितलाई अष्ट्रेलियाबाट पुनः सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १३ ।
केहि दिन अघि गुल्मीको बडागाउँ ३ उपल्लो दजाकोट घर भई अष्ट्रेलियाको सिड्नी विश्व विद्यालयमा पिएचडी गर्दै गरेका मोम बिश्वकर्माले फेरी छिमेकी गाउँ दजाकोटका अग्नी पिडितलाई सहयोग रकम पठाएका छन् ।
22
केहि दिन अघि आफु सहित विभिन्न गुल्मेलीहरुको संयुक्त पहलमा सहयोग संकलन अभियानमा जुटेर १० लाख भन्दा बढि मुल्य वरावरको जिन्सी सहयोग पठाएका बिश्वकर्माले फेरी ४० हजार नगद पनि पठाएका छन् ।

उनको संस्था एनपिपीएफ र व्यक्तिगत तर्फबाट समेत उक्त रकम पठाई उनले युवा संघ नेपालका गुल्मी जिल्ला अध्यक्ष कृष्ण बिश्वकर्मा मार्फत पठाएर बिश्वकर्माले उनकी माता टिका बिश्वकर्मा र उनका दर–दाजु भाईहरुद्धारा दजाकोटवासीलाई हस्तान्तरण गराएका हुन् ।

रकम हस्तान्तरण गर्दै कृष्ण बिश्वकर्माले अध्यानका लागि विदेशमा रहे पनि मोम बिश्वकर्माले आफ्ना गाउँवासी अग्नी पिडितहरुको उद्धारमा यस अघि पनि १० लाख रुपैयाँ संकलन गरेर पठाएको र अहिले पनि थप ४० हजार पठाएको जानकारी गराएका थिए ।

उनले मोम बिश्वकर्माले त्यहाँबाट पठाएको अग्नी पिडित गाउँवासीहरु प्रतिको सहानुभुति सन्देश पनि पढेर सुनाएका थिए । रकम प्राप्त गर्दै दजाकोट अग्नी पिडितहरुको तर्फबाट स्थानिय समाज सेवी हरिप्रसाद छन्त्यालले मोम बिश्वकर्मालाई धन्यवाद प्रकट गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममाहस्तीचौर ५ घर भई हाल रुपन्देहीको देविनगर वस्ने नरबहादुर रेश्मीले ५ हजार र बडागाउँ २ माझगाउँका ढालबहादुर पचभैयाले पठाएको ५ हजार सहित १० हजार नगद रकम माझगाउँका सोम दर्लामीले बझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend