logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा भेटिएको रातो पाण्डा होईन, निर विरालो हो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १३।
हिजो विभिन्न सञ्चार माध्यममा गुल्मी अर्खलेको वनमा रातो पाण्डा नामक लोपन्मुख प्रजाति फेला पर्यो भन्ने समाचारप्रति जिल्ला वन कार्यालय गुल्मीको ध्यानकृष्ट भएको जनाईएको छ ।

nir biralo

उक्त समाचार आए लगत्तै जिल्ल वन अधिकृत विशाल घिमिरेले उक्त समाचारमा उल्लेख त्यो प्रजातीका वारेमा खोज अुनुसन्धान गर्दा त्यो प्रजाती रातो पाण्डा नभई जताततै पाईने ‘एशियन सिभेट क्याट’ अर्थात निर विरालो भएका पुष्टी भएको छ ।

जिल्ला वन अधिकृत घिमिरे भन्छन् –‘ हिजो जेठ १२ गते रेसुङ्गा नगरपालिका, साविकको अर्खले गाविसको भालुपातल छहरा सामुदायिक वनमा एउटा नयाँ प्रजातिको जनावर देखिएको वन उपभोक्ता समुहका उपाध्यक्ष महाशर्मा भण्डारीले तस्वीर खिचेर ल्याएको आधारमा लेखिएको उक्त समाचार विज्ञहरु संग परामर्श नलिई हतारमा लेखिएको पाईयो ।

वन अधिकृत घिमिरेले उक्त जनावरको तस्वीर ईन्टरनेटको माध्यमद्धारा काठमाण्डौंमा रहेका थुप्रै वन्य जन्तु विज्ञहरु संग देखाउँदै छलफल र मरामर्श गर्दा उक्त जनावर नेपाल, भारत, वंगालादेश, भुटान वर्मा लगायतका दक्षिण एशियाली मुलुकमा मनग्य पाउने जनावर हो ।

वन अधिकृत घिमिरेका अनुसार विशेषतः उक्त निर विरालो पहाडी क्षेत्रका सदावहार वन क्षेत्रमा पाईन्छ । यो जनावर मुलतः मांसाहरी स्तनधारी प्राणी भएता पनि यसले फलफुल र विरुवाका टुसाहरु खाने गर्दछ ।

अन्तराष्ट्रिय संरक्षण संघ (आईयुसीएन ) को सुचिमा यो सामन्य संरक्षित र कम चासो राखिएको जनावर हो । यो जनावर प्रायजसो एक्लै वस्न रुचाउने र रातीमा सक्रिय हुने गर्दछ ।

गुल्मी जिल्लाको वन क्षेत्रमा भने यो जनावर पहिलो पटक देखिएको उक्त उपभोक्ता समुहका पदाधिकारीले बताउँ छन् । जिल्ला वन कार्यालयले पनि यो जनावर पहिले यहाँ नदेखेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend