साझा नेटवर्क
प्रेम
सुनार, गुल्मी जेठ १३।
गुल्मीको सदरमुकाम , त्यस माथी रेसुङ्गा नगरपालिका बनेको पनि दुई वर्ष वित्यो तर यसै सदरमुकाम र नगरपालिका भित्रैका कतिपय स्थानमा नेपाल टेलिकमका कुनै पनि फोनले काम गर्दैनन् ।
रेसुङ्गा नगरपालिका ८ को भुजेलखर्क तल तम्घास वजार नजिकै छ र उचो स्थानमा पनि रहेको छ । जहाँ रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको कार्यालय रहेको छ । त्यस कार्यालयमा रहेको सिडीएमए टेलिफोन सेट राखिएको छ । त्यसमा कहिल्लै फोन टिप्दैन र नमस्ते मोवाईल प्रयोगकर्ता त्यहाँका कर्मचारीको फोन पनि टिप्दैन् ।
यसरी नपाल टेलिकमको मोवाईल फोन बोकेर विहान १० वजे घरबाट हिडेका त्यस कार्यालयका कर्मचारी साँझा कार्यालय समय सम्म सम्पर्क विहिन हुनु परेपछि अन्य कम्पनीका सिम प्रयोग गर्न बाध्य छन् ।
त्यस कार्यालयका प्रवन्ध निर्देशक नरेश भण्डारी भन्छन–‘ अर्को सेटमा पटक्कै फोन नलागे पछि सिडिएमए सेट राखियो त्यसले पनि काम गरेन , नत हामीहरुले प्रयोग गर्दै आएको नमस्तेको सिमले काम गर्छ ।’ उनले थपे–‘ त्यसैले सम्पर्क विहिन हुनु पर्ने अवस्था आएर अन्य सिम प्रयोग गर्ने गरेका छौं ।’
त्यस कार्यालयका कर्मचारीहरुले जस्तै त्यहाँका छिमेकीहरुले यस्तो समस्य खेप्दै आएका छन् । वडा नम्वर ८ कै सिस्न्यारा गाउँ लगायत रेसुङ्गा नगरािलका भित्रका यस्ता थुप्रै स्थानमा नेपाल टेलिकमका टेलिफोनहरुले सितीमिती काम गर्दैनन् । यस सम्वन्थमा नेपाल टेलिकम गुल्मी शाखा प्रमुख उमानाथ पोखरेल संग सम्पर्क राख्दा भौगोलिक वालतवरणले गर्दा त्यस्तो भएको बताउ छन ।
उनले भने–‘ त्यही भौगोलिक कण्डीशनलाई ध्यानमा राखी सदरमुकामका कतिपय स्थानमा नटिप्ने फोनलाई टिप्ने बनाउनका लागि अर्खाखाँची र गुल्मीको सिमानामा पर्ने वरेलडाँडामा टावर निर्माण गर्दैछौं ।’ उनले टावर निर्माण कार्य स्रु भई सकेको र अव दुई महिना भित्रमा बने पछि यो समस्या टर्ने बताए । सदरमुकाम भित्रै नेपाल टेलिकम सेवाको हालत यस्तो छ भने विकट गाउँहरुको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
गुल्मीमा नेपाल टेलिकमले २०३३ सालबाट आकाश वाणी सेवा र २०४५ साल देखि सिडिएमए र नमस्ते मोवाईल सेवा सुरु गरेको शाखा प्रमुख पोखरेलले बताए । यसरी आज झण्डै ३० वर्ष सम्म पनि टेलिकमले आफ्नो सेवालाई सहज बनाउन नसक्नु लज्जास्पद कुरा भएको भन्दै उपभोक्ताहरुले आलोचना गर्ने गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend