साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेठ १३।
गुल्मीको बडागाउँ–१दजाकोट र २ को माझागाउँका अग्नी पिडितहरुले ईतिहाँसमै पहिलो पटक यो जेठ महिनामा वारीमा मकै छर्दै छन् ।

‘चैत्र महिनामा मकै छर्न सुरु गर्दथ्यौं र बैशाखको पहिलो हप्ता सम्म सवैले मकै छरेर सकिन्थ्यौ’–वारीमा मकै छर्दै गरेका दजाकोटका गोकर्ण गाहले भने–‘ म जान्ने भए देखि अहिले सम्म मकै छर्न यति ढिलो भएको थिएन, पहिलो पटक यो जेठ महिनामा मकै छर्दै छौैं ।’

वैशाख १८ गते आगोलागी भएर झण्डै सिङ्गो गाउँ ध्वस्त हुँदै गर्दा वारी जोतेर ठिक्क पारे पनि पानी नपरेका कारण मकै छर्न नसकेर महादेव पुकारेका उनिहरुलाई दैवले पानीको सट्टा आगो दियो । त्यस आगोले धेरैका घर गोठ जलाएर नष्ट पारी दिए पछि उनिहरु उनिहरुको मकै छरन रोकिएको थियो ।

यस वर्ष ईतिहाँसमै पहिलो पटक यस वर्ष जेठ महिनामा र यसै वर्ष पहिलो पटक गोरुको सट्टा हाते ट्याक्टरले मकै छर्न थालिएको स्थानिय पशुपति निमावीका शिक्षक दुर्गाबहादुर राकासकोटीले बताए ।

‘सहकारी मार्फत एउटा ट्याक्टर केहि महिना अघि भित्राएका थियौं फेरी आगोलागी भए पछि राहतका रुपमा गुल्मी उद्योग वाािणज्य संघले अर्को ट्याक्टर दियो त्यसैले यस पाली दुई वटा ट्याक्टरले जोतेर पहिलो पटक मकै छर्दै छौं’–राकासकोटीले भने । गाह सहित त्यहाँका अधिकांस अग्नी पिडितहरुको वारीमा यति वेला मकै छरन्को माचो छ ।
सुनौ मकै छर्दै गरेका केहि कृषकहरु संग गरिएको रेडियो कुराकानी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend