logo
  • शनिबार, साउन ३० २०८३

यी हुन अन्टार्कटिका देखि सगरमाथा सम्म पुग्ने गुल्मेली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी, जेठ १३।
हालै सगरमाथाको सफल आरोहण गर्ने भारतिय सैनिकहरु मध्येका एक जना नेपालीको अर्को किर्तिमान भने नेपालीहरु माझ लुकेको छ । 13281925_747173505425028_1470812563_nउनि हुन् जेठ ६ गते १५ जना भारतिय सैनिक संगै सगरमाथाको सफल आरोहण गर्ने गुल्मी शान्तिपुर–६ भेतुङ्ग निवासी ३४ वर्षिय अर्जुन थापा । भारतिय सेनाको हवल्दार पदमा कार्यरत थापाले अन्टार्कटिकामा पाईला टेक्ने पहिलो नेपाली वाग्लुङ्गका भुवनसिंह बिश्वकर्माको रेकर्ड समेत तोडेका छन् ।

सन २०१० नेभेम्वर २६ तारिख देखि अन्टरटीकाको यात्रामा हिडेका थापा ५० दिनको दिन ११ सय ७० किलो मिटर अर्थात अन्टार्कटिकाको पहिलो समुन्द्री प्रवेशद्धारा देखि अन्तिम दक्षिण धुर्व सम्म पुगेर अन्टरटीकामा पाईला टेक्ने पहिलो नेपाली भुवनसिंह बिश्वकर्माको रेकर्ड समेत तोडेका थिए । ‘भुवनसिंह बिश्वकर्मा, गुल्मी हरौचौरका पुर्व क्याप्टेन रमनसिंह खत्री अन्टार्कटिकाको पहिलो स्टेशनमा मात्र पाईला टेक्नु भएको हो’– थापाले भने–‘ म त्यहाँ देखि अन्तिम दक्षिण ध्रुव सम्म पुगेर उहाँहरुको रेकर्ड तोड्न सफल भएको हुँ । ’

13285581_747173435425035_2049242574_n
सगरमाथाको सफल आरोहणबाट फर्केर अहिले तल वेश क्याम्पमा बसेका थापाले भने–‘ गाउँमा छँदा ८६ वर्षकी मेरी हजुर आमा संग ओरालोबाटो हिड्न नडराउने म मान्छेले सगरमाथाको शिखर चुम्वन पाउँदा आफैलाई अचम्म लागेको छ र त्यतिकै गर्व पनि ।  भारतिय सेनाले सन २०१४ मा सगरमाथा आरोहलका लागि आयोजना गरेको खुल्ला प्रतियोगितामा छनौट भई २०१५ मा सगरमाथाको आरोहण गर्न आएका थापा सहितका भारतिय सैनिकहरु त्यति वेला आएको महाविनासकारी भुकम्प पछि फर्किएका थिए ।
13288051_747183782090667_447924522_o
थापाले भने त्यति वेला सगरमाथा चढ्ने सपना चकनाचुर भयो भनेर निरास हुँदै फर्केको थिएँ तर फेरी भएको प्रतियोगितामा पनि छनौट भई अहिले सफल आरोहण समेत गर्न पाएकोमा खुशीको सिमा छैन् । गोर्खा रेजिमेण्ट अन्तरगत २÷४ गोरखा राईफल हिमाचल प्रदेशको वलौदीमा कार्यरत थापाले यहाँ विद्यार्थी जिवनमा छँदा जिल्लाको विभिन्न खेलकुद र अन्य प्रतियोगिामा समेत रेकर्ड तेडेका थिए ।
13288471_747182018757510_1809339966_o
१६ वर्षको उमरेमा शान्तिपुरको उदय उच्च माध्यामिक विद्यालयमा एसएलसी पास गर्न साथ १७ वर्षको उमेरमा भारतिया सेनामा प्रवेश गरेका थापाको अहिले जागिर अवधी १७ वर्ष भएको छ । थापाले सफल आरोहण गरेपछि शान्तिपुरवासी र उनले पढेको उदय उच्च माविले खुशीयाली मनाएको छ ।

त्यति वेला त्यस विद्यालयमा शिक्षक रहँदा उनलाई पढाएका शिक्षक द्रोण खत्री भन्छन उनि विद्यार्थी जिवनमा पनि विद्यालय र सिङ्गो शान्तिुर क्षेत्रको शिर ठोडो मनाई दिएका थिए अहिले त झन सिङ्गो गुल्मी जिल्लावासीको शिर ठाडो बनाई दिएका छन् । उनका अनुसार कक्षा उनि पढाई, खेलकुद सहित अन्य सवैकुरामा अव्वल विद्यार्थी थिए ।

उनका पिता सुर्यबहादुर थापा समेत भारतिय सेनामा थिए । अहिले अवकास लिएर गाउँमै वसेका थापाले भने –‘छोराले एक पछि अर्को गौरवयम ईतिहाँस रचेकोमा म आफु श्रीमति फुलमाया सहितका परिवार र शान्तिपुरवासीमा खुशीको सिमा छैन् । थापा सहित भारतिय सैनिक टोलीमा ५ जना नेपाली सगरमाथा आरोहणमा आएका थिए ।

तनुहुँकाृृे गजरकोट–३ का नारायणसिंह रानाका छोरा मदन भनिने मिनबहादुर राना, भोजपुर टुङ्गेचा–९ का पदमबहादुर तामाङ्गका छोरा मिनबहादुर तामाङ्ग , बाग्लुङ्ग रामतोला– २ का होमबहादुर थापाका छोरा चन्द्रबहादुर् थापाले पनि सफल आरोहण गरेका छन् । तर, उनिहरु संगै आएका स्याङ्गजाका कृष्णबहादुर कुँवर भने सफल हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend