logo
  • शुक्रबार, साउन ८ २०८३

अपडेट : गुल्मीका युवकले भारतमा गरे आत्महत्या


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

C__Data_Users_DefApps_AppData_INTERNETEXPLORER_Temp_Saved Images_brtnepal_20160524092934_9देबेन्द्र केसी, नयाँ दिल्ली भारत जेष्ठ १२ ।
पश्चिम नेपालको गुल्मी जिल्ला हरेवा गाबिस बार्ड न ८ भेडिखाल्टा घर भई हाल नयाँ दिल्ली सड्गै जोडिएको गुड्गाँवको सेक्टर ४२ स्थित प्रोपर्टी डिलरको अफिसमा काम गर्दै आएका नर बहादुर कार्कीका छोरा ३८ बर्षिय कृष्ण कार्कीले आफु कार्यरत अफिसको माथिल्लो तलामा स्थित बस्ने कोठामा झुण्डिएर आत्महत्या गरेका छन ।

करिब डेढ साल देखी उक्त अफिसमा कार्यरत कार्की घर बिदामा नेपाल गएर यहि महिनाको ५ तारिखका दिन गुड्गाँव फर्किएका थिए । दुई छोरी र एक छोराका बाबु कार्कीले मासिक नौ हजार तलब पाँउथे । “निकै बिस्वासिलो डिलर हो । म आफै भाईलाई उक्त प्रोपर्टी डिलरको मालिक सँग कुरा गराएर काममा लगाएको हुँ । राम्रै नोकरी गरिरहेको थियो । अफिसमा पनि सबैले प्यारो गर्थे । खै घर गएपछि केभो ? आउना साथ यो दुर्दशा ? ” मृतकका दाजु रुद्र बहादुर कार्कीले भने ।

” घटनामा प्रोपटी डिलर या कार्यरत क्षेत्रमा कसैको संलिप्तता न हामीले पाएका छौ न गुड्गाँव प्रहरी ले पाएको छ । तैपनि हाम्रो अफिस स्टापहरु सँग सोधपुछ चल्दै छ कसैको संलिप्तता पाए कार्यवाही प्रकृया अघि बढाउछौ ” घटनाबारे जानकारी दिदै गुल्मी भुर्तुड्ग सम्पर्क समिति भारत का अध्यक्ष टिका बहादुर कार्कीले भन्नुभयो । सधै जसो खुशमिजास नै रहने मृतक कार्की घरबाट फर्किएपछि भने हल्का टेन्सनमा रहेको उनि सड्गै कार्यरत साथी हरुले बताउछन ।

“आवश्यक कागजी कारवाही र पोस्ट मार्टमपछि लासको सदगदको लागि परिवारको जिम्मामा लगाएका छौ । घटनाको प्रकृति हेर्दा कसैको संलगता  देखिदैन । तैपनि पोस्टमार्टम रिपोर्ट आएपछि सबै भन्न सकिन्छ । ” घटना बारे सोधिएको प्रश्नको जवाफ दिदै गुड्गाँव सेक्टर ४२ प्रहरी चौकीका ईन्चार्जले भने । मृतक कार्की कि जेठी छोरी १४ बर्ष र कान्छी छोरी १० बर्षकि छिन भने छोरा ८ बर्षका छन ।

“उनि कार्यरत अफिसले स-साना बाल-बच्चाहरुको मुख हेरेर भएपनि केहि सहयोग गर्छु भनेको छ । के गर्नु आफ्नो ज्यान त गयो गयो । ति अनाथहरु पनि बिचल्लीमा पारेर गयो । न त कहिल्यै अफिसको समस्या बतायो नत घरमा कुनै समस्या छ भन्यो के दुख आईलाग्यो मेरो भाईलाई यति ठुलो कदम उठाउन ” भक्कानिदै दाजु रुद्रले भने । पछिल्लो पटक नयाँ दिल्ली तथा एनसिआरमा कार्यरत नेपालीहरुको आत्महत्या गर्ने क्रम बढिरहेको छ ।

पछिल्लो ६ महिना भित्रमा गुल्मीका तिन जनाले आत्महत्या गरिसकेका छन । गमला फुटाएको आरोपमा वकिलको पिटाई खाएपछि गुड्गाँवको डिएलएफमा गुल्मीका किशोर केशव गमालले आत्महत्या गरे भने आफ्नो भारतीय ब्वायफ्रेण्ड सँग ठाकठुक परेपछि गुल्मी खड्ककोटकि एक युवती सोनिया बस्यालले मृत्यु अँगालिन । अनि आज कृष्ण कार्कीले आफुलाई गुमाए ।

किन आफै सड्ग नै हार्दै छन प्रवासी नेपालीहरु ? के नेपालीहरुमा पनि महत्वाकांक्षा र घुस्सैल प्रबृति हावी हुदैछ ? के प्रवासी युवाहरुमा घरपरिवारबाट टाढा प्रवासमा एक्लोपनको समस्या निम्तदैछ ? अथवा परिवारबाट आफ्ना ईच्छा आकांक्षा बढि थोपर्नुको परिणाम हो यो ? कुरो जे सुकै भएपनि यस बारेमा समयमै ध्यान पुर्याउन सबैको जरूरी छ ।

  • पुर्व प्रकाशित समाचारमा मृतकको नाम कृष्ण हुनुपर्नेमा भिम भएकोले सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend