साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी जेष्ठ ।
गत बैशाख १८ गते बडागाँउमा धन-जनको क्षती सँगै भएको आगलागीका पिडीतहरुलाई आज पनि ३ लाख भन्दा बढी राहात हस्तान्तरण गरिएको छ ।
रेसुङ्गा नगरपालीका १० निवासी कमल पन्थीको पहलमा एभरेष्ट नेपाली समाज बेल्जियम द्धारा संकलित २ लाख ७८ हजार ५ सय ५२ रुपैया सहित आज ३ लाख ९ हजार ६ सय ५२ राहात हस्तान्तरण भएको छ ।उक्त समाज द्धारा संकलीत रकम पहलकर्ता पन्थीका माता रुकमिणी पन्थीबाट हस्तान्तरण पिडीत समितिलाई हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग रकम सहित आज सम्म पिडीतहरुको लागि ९६ लाख ३६ हजार ३ सय ३० रुपैया राहात संकलन भएको छ । दैनिक रुपमा सरदर ३ लाख बराबरको राहात संकलन हुने क्रम जारी रहेको अग्नि पिडीत सञ्चार समिति संयोक चुरा बहादुर छन्त्यालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend