साझा नेटवर्क
विष्णु पौडेल, टेक्सास अमेरिका ।
अमेरिकाको टेक्सस राज्यमा नेपाली समुदायले सञ्चालन गरेको नेपाली भाषाको विद्यालयले १७५ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । १६ हप्ताको पठन पाठन सम्पन्न गरी १७५ जना विभिन्न उमेर समूहका बालबालीकाहरुलाई विशेष दीक्षान्त समारोह गरी प्रमाण पत्र वितरण गर्यो ।

कक्षा १ देखि ८ सम्मा बिधार्थीलाई नेपाली भाषा साहित्य, कला, संस्कृति, इतिहास, भूगोल आदि सिकाईन्छ भने उपल्लो तहका बिधार्थीलाई गणित लगायतका विषयमा कोचिङ दिने गरिन्छ ।
विशेष गरी सानै उमेरमा अमेरिका आएका वा अमेरिकामा नै जन्मेका साना वालवालिकाहरुलाई आफ्नो देशको भाषा संकृति तथा रहनसहनको वारेमा जानकारी गराउने उद्देश्यले टेक्सास वासी नेपालीहरुको सहयोगमा विद्यालय संचालन गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताए ।

नेपाली समाज टेक्सासले यो विद्यालय संचालन गरिरहेको छ । विद्यालयको लागि छुट्टै भवन नभएपनि नेपाली मन्दिरसंगै रहेको भवनलाई प्रयोग गरिएको छ ।
बिधालयका ईन्चार्ज एवम् नेपाली समाजका सचिव कमल सत्यालले प्रशस्त शैक्षिक सामग्रीको ब्यवस्थापन गर्न नसक्दा केही गाह्रो भएपनि त्यसलाई ब्यवस्थापन गर्दै यो वर्षदेखि ६२०० डलर शिक्षकलाई पारश्रमिक तिरेको र करिब सोह्र हजार रकम जुटाई अडियोभिजुयल प्रोजेक्टर, कम्प्युटर र टिभीको व्यवस्था गरेको बताए ।
नेपाली भाषा, धर्मसंस्कृति छोराछोरीले विर्सने हुन कि भन्ने ठूलो चिन्तामाा रहेका अभिभावकहरु यो विद्यालयको संचालन पछि केही राहत भएको महसुस भएको बताउछन् । अभिभावक घनन्जय ढकालले अडियोभिजुयल साधनको उपल्धता, बालबालीकाहरुलाई खाजाको व्यवस्था लगायत बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप र डान्स आदि शैक्षिक कृयाकलापले विद्यार्थीको सिकाई प्रभावकारी भएको बताए ।
भौतिक पूर्वाधारको कमी, सामग्रीको अभाव, व्यवस्थित रेकर्ड किपिङको अभाव, नेपाल सम्बन्धी नैतिक शिक्षा, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक आदि पक्षको जानकारी दिने विषयवस्तुको अभाव लगायतका पक्षमा सुधारात्मक कदमहरुको आवश्यकता रहेको उनी बताउछन् ।
नेपाली समाज टेक्सासले विद्यालयका अतिरिक्त विभिन्न रचनात्मक कृयाकलापहरु पनि गर्दै आईरहेको छ । साना बालबालीहरुको प्रतियोगात्मक खेलकुद, बयस्कहरुकालागि टेबुलटेनिस, फुटबल, बास्केटबल जस्ता खेलहरुको आयोजना, भूकम्प पिडितकालागि रकम सङ्कलन, नेपाली नयाँ वर्ष कार्यक्रम सञ्चालन, नेपाली क्यालेण्डर प्रकाशन लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend