साझा नेटवर्क
महेन्द्रप्रसाद पोखरेल, कतार।
नेपाल स्थित एन आर सि नेपाल रिक्वारमेन्ट कन्सल्टेन्सीबाट बिभिन्न समयमा कतार आएका कामदारहरु कतार स्थित एक कम्पनीमा बिचल्ली परेका छन ।

करिब ४ महिनादेखी बिना तलब बिना काम बसिरहेका कामदारहरु अहिले आएर खानाको अभाब झेल्न बाध्य हुन थालेका छन । रिलिज दिन्छु तलब दिन्छु घर पठाईदिन्छु भन्ने जस्ता शब्द उनिहरुलाई सुन्दा पनि अचम्म लाग्न थालिसकेको छ । आफुले साथमा राखेको पैसाबाट खाँदै गरेका उनिहरु अहिले भने समस्यामा छन ।
राजदुताबास जाँदै फर्कँर्दै गरेका रसुवा लहरे पौवा बडा नँ ९ का कृष्णप्रसाद अधिकारी आफु आएको १८ महिना भएको बताउँछन उनि चाहन्छन काम दिन नसके रिलिज दिएर पठाए काम खोजि गर्ने उन्को चाहना छ। दाङका धर्ना ९ का भरत चौधरी कतार आएको एक बर्ष भयो उनि भन्छन जसरी हुन्छ नेपाल फर्कन पाए हुन्थ्यो । रामेछाप बिजुरकोट ८ का हरिबहादुर महत २ बर्ष भन्दा बढि देखी सोहि कम्पनीमा कार्यरत छन ।
पाल्पा पोखराथोक ४ गाफेका टोपबहादुर कुमाल भन्छन प्रहरी चौकी त कति पटक गयौँ तर तर्तिप तर्तिप भन्दै फर्काउँछ । १८० जना भन्दा बढि नेपाली कामदार रहेको उक्त कम्पनीमा हालको समस्यालाई लिएर नेपाली दुताबास गैरआबासिय नेपाली सँघ पनि गम्भिर रहेको पाईयो ।
समस्याको बारेमा जानाकारी पाए पाश्चात कतारका समाजसेवी तथा ब्याबसायी आर के शर्मा जो एन आर एन आई सि सी सदस्य तथा परोपकारी कोषमा समेत रहेका छन वहाँले १५ बोरा चामल दाल ३ बोरा खाने तेल एक टिन नुन लगाएतका सामान नेपाल पत्रकार महाँसँघ कतारका कार्यसमीती सदस्य महेन्द्रप्रसाद पोखरेल मार्फत हस्तानतरण गर्नुभएको छ ।
समस्याको छिटो निकास होस भन्दै वहाँले आफुले केहि हदसम्म नेपाली दाजुभाईहरुलाई सहयोग गर्न पाएकोमा खुषी ब्यक्त समेत गरेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend