logo
  • शनिबार, साउन ३० २०८३

सिसाखानिलाई बाग्लुको ४६औ पुर्ण साक्षर गाविस घोषणा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिष पाठक बाग्लुङ्ग जेठ १० ।
बाग्लुङ्ग जिल्लाको शिसाखानि गाविसलाई एक समारोहका विच ४६ औ पुर्ण साक्षर गाविस घोषण गरिएको छ ।

13267836_964502103667132_1939727834042594665_nबाग्लुङ्ग जिल्लालाई पुर्ण साक्षर गाविस घोषण कार्यक्रमलाई सम्वोधन गर्दे जिल्ला शिक्षा कार्यलय बाग्लुङ्गका शाखा अधिकृत लोकनाथ आर्चायले वांकि समुदायलाई साक्षर बनाउन सम्पुर्ण सामाजिक अगुवाहरु एकजुट भएर लाग्नुप्रर्ने बताउनुभएको छ ।

त्यस्तै साक्षरता विना समाज अगाडि बढन नसक्ने बताउदै आर्चायले नेपाल सरकारले अगाडि बढाएको साक्षरता अभियानमा पुग्न सवैको साथ र सहयोग आवस्यक प्रर्ने धारण समेत राख्नुभएको थियो । शिसाखानि गविसमा ९८ ५ भन्दा वढि व्यक्तिहरु साक्षर भएका कारण शिसाखानि गाविसलाई साक्षर घोषण गरिएको प्रतिवेदन श्रोत व्याक्ति रामानन्द कडेलले वाचन गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला शिक्षा कार्यलय बाग्लुङ्गका विद्यालय निरिक्षक प्रकाश ओझा, सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट नेपालि कांग्रेश शिसाखानिका सभापति यामेन्द्र कुमार घर्ति, शिसाखानि माध्यमिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य खडक बहादुर पुन, शिसाखानिका विद्यालयहरुका तर्फबाट कन्चनादेवि प्राथमिक विद्यालयका प्रध्यानाध्यापक भीमा पुन, लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

घोषणा कार्यक्रम शिसाखानि माध्यमिक विद्यालयका प्रध्यानाध्यापक होम बहादुर घर्तिको स्वागत मन्तव्य, गाविस सचिव विर वहादुर थापाको अध्यक्षता एंव शिक्षक नारायण वस्नेतको संचालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend