logo
  • शनिबार, साउन ३० २०८३

किन सकेनन भुल्न मुना र राजुले पहिलो प्रेम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गायक राजु ढकालले पहिलो प्रेम भुल्न गाह्रो भएको खुलाएका हुन् । गायिका देवी घर्ती मगर संग विवाह बन्धनमा बाँधिएको ८ बर्ष पछि आफ्नो पहिलो प्रेम खुलाएका हुन् । सायद चोट औधि भएपछि सहन नसकेर छताछुल्ल बनाएका होलान् ।
RAJU DHKL

तर यी सबैकुरा वास्तविक जीवनमा नभएर गीति कथामा मात्र हो । मेसना डिजिटल मार्फत काल्पनीक गौतमको नामवाट बजारमा आएको दोहोरी गीतमा गायक राजु ढकाल र गायिका मुना थापा मगरद्धारा पहिलो प्रेम भुल्न नसक्दा जोवन रुदै खेर फालेका भाव व्यक्त गरिएको छ ।

मूनाले बाध्यतामा परेर फर्की आउन नसकेकोमा माफि समेत मागेकी छिन् भने राजुले नचाहने चिजलाई मनले चाहेको भन्दै पछुताएका छन् ।

काल्पनीक गौतमको शब्द र सन्तोष के बास्तोलाको लयमा तयार भएको गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोमा बुद्धवीर र भगवतीको अभिनय देख्न पाईन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend