साझा नेटवर्क
काठमाडौँ, जे
ठ १०।
प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई श्रमजीवी पत्रकारका हकहित लगायत विषय समेटी एघारबुँदे ज्ञापनपत्र बुझाएको छ । मन्त्री राईलाई नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतले आफ्नो आठौँ राष्ट्रिय अधिवेशनबाट पारित प्रस्तावका आधारमा ज्ञापनपत्र बुझाए छ ।
मन्त्री राईले राष्ट्रको समग्र विकासका निम्ति सञ्चारकर्मीलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । सरकारका प्रवक्ता राईले वर्तमान सरकार प्रेस र सञ्चारमैत्री भएको बताउँदै बजेट मार्फत पत्रकारका विषय सम्बोधन गर्ने जानकारी गराए ।
ज्ञापनपत्रमा श्रमजीवी पत्रकारका लागि तोकिएको मासिक १९ हजार पाँच सय तलब लागू हुनुपर्ने, विद्युतीय सञ्चारमाध्यमलाई समेत छापामाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराई आगामी आवको बजेटबाट दोब्बर बनाउनुपर्ने, पत्रकारको व्यक्तिगत दक्षता, कार्यकुशतलता वृद्धि गर्न तथा कुनै पनि राजनीतिक नामसँग नजोडिएका सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गर्नुपर्ने माग राखिएको छ ।
यसैबीच चौतारीको आजै सम्पन्न केन्द्रीय समितिको बैठकमा मन्त्री राईले पदाधिकारी र सदस्यलाई बधाई दिनुभएको थियो । नेकपा (एमाले) का सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाको आतिथ्यतामा सम्पन्न बैठकले अधिवेशनबाट पारित प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनलाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको थियो ।
बैठकमा पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट र राजेन्द्र अर्यालले नयाँ कार्यसमितिलाई सफलताको कामना गरे । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend