साझा नेटवर्क
रजिस्मा केसी, नयाँ दिल्ली भारत ।
गायक ताराबिर पाण्डेको लय तथा स्वर रहेको तथा “सुन्दर सपना “एल्बममा समेटिएको शिर्षगित “लुकि लुकि ” युट्युबमा रिलिज भएसड्गै एकाएक चर्चामा आएको छ ।

“लुकिलुकि हेरिथियौ लजाएर किन भाग्यौ ? ऐना भित्र मुस्कुराउदै किन सम्झि राख्यौ ” शब्द मा आफ्नी प्रेमिका लाई प्रश्न सोधेको शैलीमा शब्द बनाएका गितकार सुन्दर पन्तका शब्दमा स्वर भरेका गायक ताराबिर एल्बम को सफलताको लागि रातदिन एक बनाईरहेका छन । धरमपुर ,९ , झापाका स्थाई बासिन्दा पाण्डेले एसअघि पनि दर्जनौ एल्बम हरु बजारमा ल्याएका छन ।
२०५८ सालमा पप आधुनिक एल्बम “मोफसल”बाट आफ्नो संगित यात्रा शुरु गरेका पाण्डेले मेरि चाँदनी, होटलको माया , फुल सम्झि माया लाएँ , म नेत्रहीन लाई जस्ता थुप्रै गितहरु बजारमा ल्याएका छन । गितकारहरु मधु न्यौपाने को “तिम्रो सम्झनामा , कान्छि आईलभयु , जगत बिष्ट “तुफान “को “एमराज “र दिलिप घिमिरेको “मायाको यो बन्धन ” जस्ता गितहरुमा स्वर भरेका पाण्डे र गीतकार सुन्दर पन्तको जोडी आधुनिक गितको ईतिहासमै सफल मानिन्छ ।
“सधैभरि नेपाली आधुनिक गितका पारखीहरुको माया पाईरहुँ यहि नै मेरो लागि ठुलो सम्पति हो ” गायक ताराबिरले भने । २०३९ साल ०६औ महिना १० गते बुबा पदम बहादुर पाण्डे र आमा तारादेबी पाण्डेको कोखमा जन्मिएका गायक पाण्डेका गायन यात्रा हरु भने सुखद रहेनन । गायक बन्ने सपना पुरा गर्न भारत को गुजरात सम्म पुगे ।
अभाव र प्रभाव को बिचमा पिसिएका गायक पाण्डेको यो उचाई देखेर उनका बहिनी, भाई हरुपनि हौसिन्छन दिदी मक्खिन्छिन तर उनि झन नर्वस हुन्छन । “मलाई यो उचाईमा पुर्याएको नेपाली श्रोता र हजुरहरु जस्तो मीडियाले हो । मेरो के नै रोल छ र घमण्ड गर्न ? भाईबहिनीहरुले मेरो सिको गर्छन खुसी लाग्छ ” मनको कुरा सुनाउदै गायक पाण्डे भन्छन ।
दुई भाई,दुई बहिनी र एक दिदीका मध्यमार्गी पाण्डे आफुलाई भाग्यमानी ठान्छन । हाल बालाजु काठमाण्डौ मा रहेर आधुनिक गायनमा जमेका गायक पाण्डेलाई थुप्रै गितहरुले ब्रेक दिदै भर्खरै रिलीज”सुन्दर सपना “ले सर्वाधिक चर्चामा ल्याएको छ । सुन्दर पन्तले लेखेको यो गितमा चर्चित मोडलहरु मधु न्यौपाने र सम्पदा बानिँयाले अभिनय गरेका छन ।
हेनुहोस भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend