logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीका अग्नि पिडीतलाई ओमनमा कार्यरत नेपालीद्धारा सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिश शर्मा गैरे,  गुल्मी जेष्ठ ९।
गत चैत्र १८ गते बडागाँउमा भएको भिषण आगलागीका कारण गास बास कपास सबै गुमाएका अग्नि पिडीतहरुको लागी ओमनमा कार्यरत नेपालीहरुले राहात संकलन गरी बितरण गरेका छन ।

aago-3

बडागाँउ र मुसीकोट स्थायीय घर भई रोजगारीको लागी हाल ओमनमा रहेको नेपालीहरु नगद रु १ लाख ७० हजार ५ सय हस्तान्तरण गरेका हुन । उक्त सहयोग रकम बडागाँउ ५ पेगा निवासी राम बहादुर रायमाझीको प्रतिनिधित्वमा हस्तान्तरण गरिएको हो ।

यस्तै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिश्व प्रकाश शर्माले पनि अग्नि पिडीतहरुको लागी राहात हस्तान्तरण गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति लक्जम्बर्ग बाट प्राप्त ८५ थान झोला बिद्यार्थीलाई हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी पशुपति कपि उद्योग बुटवलबाट प्राप्त २ सय ५५ थान कपि पनि बितरण गर्नुभएको छ ।

ऋहिले सम्म अग्नि पिडीतको लागी जम्माजम्मी ९२ लाख १ हजार ६ सय ८७ रुपैया राहात संकलन भएको अग्नि पिडीत आर्थिक समितिका संयोजक चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend