logo
  • शनिबार, भाद्र २० २०८३

सरस्वती मावि नेटा गुल्मीको ५८औ वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिश शर्मा गैरे, गुल्मी जेष्ठ ९ ।
सरस्वती माबि नेटाको ५८ औ बार्षिकोत्सब कार्यक्रम आज पनि जारी रहेको छ । हिजो बाट शुरु भएको कार्यक्रम अन्तर्गत आज अन्तर माबि स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

८ समुहको सहभागीता रहेको कार्यक्रममा आयोजक बिद्यालय सरस्वती माबि प्रथम हुँदै नगद रु ४ हजार तथा प्रमाण पत्र हासिल गरेको छ । त्यसैगरी जनज्योती माबि पौदी अरेवा द्धितिय हुँदै नगद रु ३ हजार तथा नेटा दर्लिङ् उमाबि दर्लिङ् तृतिय हुँदै २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन भने अन्य समुहलाई पनि नगद रु ५ सय प्रदान गरिएको थियो ।

बिद्यालयका प्रद्यानाध्यापक रोमाकान्त खरेलको अध्यक्षता रहेको कार्यक्रममा बिद्याय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुदत्त खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने सञ्चालन शिक्षक मोहन घिमिरेले गर्नुभएको थियो । बिबिध खेलकुद तथा साँस्कृतिक कायृक्रम सहित बार्षिकोत्सब भोली सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend