साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
संगीतकार सन्तोश के.सीको समुन्द्र एल्बममा समाबेस ‘म यो धर्तिको कुरा” गित सार्वजनिक भएको छ । उक्त गीतलाई युटुब मार्फत सार्वजनिक गरिएको हो । यसै गीतमा बिक्रमले पुजासंग माया किस्ता किस्तामा मागेका छन ।

भन्दै छन बिक्रम म धर्तिको कुरा गर्छु तिमी आकासको नगर भनी हामी धर्तिमै छौ धर्तिकै कुरा गर । आकाशको कुरा नगर किन कि आकाश देख्नका लागी मात्रै हो ।
पुजा र बिक्रमको यो बस्तबिक प्रेम जोडि चाहिँ हैन । समुन्द्र एल्बममा रहेको प्रेम गितको प्रेम हो पुजा र बिक्रम को । यो एक माया गर्ने जोडिलाई कल्पना गरि बनाइएको गित हो ।
गितकार सुरज गैह्रे बिबशको शब्द त्यसैगरी चर्चित संगीतकार सन्तोश के.सी.ले गितलाई मीठो संगीतले सझाएका छन । नेपाली सुगम संगीतका चर्तित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा कमल सौरगले एरेन्जर गरेका छन ।
यस भिडियोमा बिक्रम बुढाथोकी र पुजा भन्डारीको अभिनय रहेको छ । गितको म्युजिक भिडियोलाई कुमार के.सी.ले निर्देशन र दुर्गा पौडेलले छायांकन तथा अनुप सिवाकोटीले सम्पादन गरेका छन । गितलाई बजार ब्यबस्थापन SS digital गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend