logo
  • शनिबार, साउन ३० २०८३

म डेटिङ हैन, सुटिङमा छु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मुम्बई ।
रणबीर कपुरसँग ब्रेकअपछि कट्राना कैफको वारेमा अर्को हल्ला चल्यो । ‘आलिया भट्टको प्रेमी सिद्धार्थ मल्होत्रासँग कट्राना डेटिङमा छिन्’
sidharth-katrina
कट्रानाले यो हल्लाको खण्डन गरेकी छिन् । ‘म अहिले सिद्धार्थसँग डेटिङ हैन, अभिनय गरिरहेकी छु ।’ अहिले उनी सिद्धार्थसंगै हिन्दी फिल्म ‘बार-बार’को सुटिङमा छिन् । सुटिङमा केहि दिन संगै रहेको भन्दै कट्रानाले कामको सिलसिलामा संगै रहादैमा रिलेशनको कुरा गर्न नहुने बताइन् ।

केही भारतीय संचारमाध्यमले कट्रानासँग नजिकिएकै कारण सिद्धार्थको आलियासँग सम्बन्ध चिसो भएको चर्चा गरेका थिए । उनले मिडियालाई आग्रह गर्दै भनेकी छिन् । ‘बिना कुनै सबुत मेरो नाम कुनै हिरोसँग नजोडिदिनुस् ।’

६ वर्षदेखि रिलेशनमा रहेका रणबीर कट्रानाको केही महिना अघि ब्रेकअप भएको थियो । अहिले दुबैले करिअर अघि बढाउने फैशला गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend