साझा नेटवर्क
काठमाडौं, जेठ ८ ।
प्रेस चौतारी नेपालको आठौं महाधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । जेठ ६ देखि सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ । महाधिवेशनले महासचिवमा राजेश राईलाई चयन गरेको छ ।

उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट लीला भट्टाराई, २ बाट लालवावु शेख, ३ बाट विश्वमणि सुवेदी, ४ बाट गणेश पाँण्डे, ५ बाट सविन प्रियासन, ६ बाट वीरवहादुर गिरी र ७ नम्बरबाट नरेन्द्र साउद छानिएका छन् । त्यस्तै समावेशी उपाध्यक्षमा सयन्द्र राई र महिला उपाध्यक्षमा टीका बिष्ट चयन भएका छन् । उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा छनोट भएका छन् । सचिवहरुमा सुरोजंग पाण्डे, भरत केसी, रामकृष्ण शर्मा, देवीका घर्ती, अमृत तिमिल्सिना, भउचप्रसाद यादव, हेमकर्ण विक चयन भएका छन् ।
कोषाध्यक्षमा इन्द्र आचार्य, अनुशासन आयोगको संयोजक जे पाण्डे, लेखा संयोजक विक्रम लुईटेल पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुल्ला केन्द्रीय सदस्यहरुमा माधवराज तिवारी, एकीन्द्र कुँवर, राजन दाहाल, शालीग्राम नेपाल, शरद सापकोटा, गोपाल गड्तौला, कमलराज तिमिल्सिना, चमिना भट्टराई, देवचन्द्र भट्टराई, प्रदीप आचार्य, प्रकाश लम्साल, भरत खड्का, शिव ढुंगाना र श्याम कुँवर र नारायण शाह छन् ।
महिला खुल्लाबाट संचिता घिमिरे र इन्दिरा कुँवर, काठमाडौ उपत्यकाका केन्द्रीय सदस्यमा सन्तराम बिडारी र हेमराज सिलवाल चयन भएका छन् । प्रतिष्ठानमा तेजप्रसाद वाग्ले र प्रकाश सिलवाल छन् । त्यस्तै प्रदेशबाट खुल्ला र महिला गरी प्रत्येक प्रदेशबाट ३ र मधेशी, आदिवासी जनजाति र दलिततर्फबाट पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend