साझा नेटवर्क
‘यसको निधार ठ्याम्मै मेरो जस्तो छ’ सानो बच्चालाई म्वाइ खाँदै बाबुले भन्यो- ‘ यसको र मेरो नाक पनि पूरापूर मिल्छ ।’
पहारिलो घाममा रमाइरहेको दुई बर्षको घोर्ले छोरोलाई चलाउँदै बाबुले पुन: थप्यो- ‘ यसको र मेरो आँखा मिल्छ, टाउको मिल्छ,मुख मिल्छ,छालाको रंग मिल्छ, हाँसो मिल्छ……..।’
पत्नीले घाममा बसेर कपडा धुँदै पतिको कुरा सुनिरहेको थिई । उसलाई खुसि मात्र होइन,भित्रै देखि हाँसो पनि लागिरहेको थियो ।
उसको मुखले भनिरहेको थियो- छोराको र हजुरको अनुहार दुरुस्तै छ । उसको मनले भनिरहेको थियो- छोराको र मेरो पुरानो प्रेमीको अनुहार दुरुस्तै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend