logo
  • शनिबार, साउन ३० २०८३

बुटवलमा माइक्रो र मिनिबस ठोकिदा एकको मृत्यु, २७ घाइते


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कपिल ज्ञवाली, बुटवल, जेठ ८ ।
बुटवल धागो कारखाना नजिकै भएको सवारी दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना यात्रु घाइते भएका छन् ।
13281715_1330579890304295_1564978828_n
बर्दघाटबाट बुटवल आउदै गरेको लु १ ख ३३८९ नम्बरको माइक्रो बस र विपरित दिशाबाट गुडिरहेको ना ४ ख ६५५२ नम्बरको मिनि बस बुटवल धागो कारखाना अगाडि गणेश प्रतिक्षालय अगाडि ठोक्किएका हुन् । मृत्यु हुनेमा नवलपरासी सुनवल ३ कृतिपूरकी २३ बर्षिय सबिता पुन रहेको प्रहरीले जनाएको छ ।

ठोक्किएको एउटा बस शडकमै छ भनि अर्काे बस शडकभन्दा तल पल्टिएको छ ।
घाइतेहरुको देवदह मेडिकल कलेज र बुटवलमा उपचार भइरहेको घटनास्थलमै भेटिएका क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर कबिन्द्र बमले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend