logo
  • शनिबार, साउन ३० २०८३

प्रत्येक जिल्लामा कृषि क्याम्पस आवश्यक शिक्षामन्त्री : पोख्रेल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

विकास पराजुली, बुटवल जेठ ७।giriraj-mani-pokharel
शिक्षामन्त्रि गिरीराजमणि पाख्रेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको बिकास आवश्यक भएकाले सरकारले प्रत्येक जिल्लामा कृषि क्याम्पस सञ्चालन गरेर कृषिमा प्राबिधिक र दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघमा आज आयोजित स्वागत तथा छलफल कार्यक्रममा मन्त्रि पोख्रेलले मुलुकलाई आत्म निर्भर बनाउदै समृद्ध राष्ट बनाउन कृषिको बिकासबाट मात्र सम्भव भएकाले सरकारले कृषि क्याम्पसलाई प्राथमिकता दिन लागेको जानकारी गराउनु भयो ।
उहाले बजेट जेठ १५ गते आउने भएकाले बिगतमा जस्तो बिकास निर्माणका काममा ढिलाई नहुने पनि बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंह र निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले संघले शिक्षा क्षेत्रमा गरेको लगानीका बारेमा जानकारी गराउदै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण , आम्दा अस्पतालको स्तर बृद्धिमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

यसैबिच पुर्वमुख्य सचिव लिलामणि पौडेलले मुलुकको बिकास र सकारात्मक परिपर्वतनका लागि युवा उद्यमीहरुले आ आफनो क्षेत्रमा सानै कामबाट भएपनि थालनी गर्नुपर्ने बेला आएको बताउनु भएको छ । युवा उद्यमी मञ्च बुटवलले बुटवलमा आयोजना गरेको सामाजिक उत्तरदायित्व बिषयक अन्तरसंवादमा पुर्वमुख्य सचिव पौडेलले नेपालमा परिवर्तनका लागि अहिले सबैभन्दा उपयुक्त समय र अवसर भएकाले त्यसलाइृ नगुमाउन युवाहरुलाई आग्रह गर्नुभयो ।

उहाले परिवर्तन एक एक जनाबाट नै सम्भव छ त्यसमा पनि युवा उद्यमीको सहभागिता निकै उपलब्धिमुलक हुन सक्छ अव अर्कोबाट होइन आफैबाट परिवर्तनको सुरुवाद गरौ भन्नु भयो । पौडेलले भ्रष्टाचार अनियमितताको अन्त्य गरी सुशासन कायम गर्न नागरीक नै सचेत हुनु पर्ने बताउनु भयो । दण्ड जरिवाना सजाय र कानुनले होइन मानसिकतामा परिवर्तन गर्नु अहिलेको मुख्य समस्या भएको उहाले बताउनु भयो ।

पुर्व मुख्य सचिव पौडेलले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेका युवालाई बिदेश जाने होइन स्वदेशमा नै स्वरोजगारको वातावरण बनाउन पनि युवा उद्यमीलाई आग्रह गर्नु भयो । मञ्चका अध्यक्ष आनन्द वझाको अध्यक्षता, अखिलेख गुप्ताको संयोजन र अशोक अमात्यको स्वागतमो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend