साझा नेटवर्क
प्रेम सुनार गुल्मी, जेठ ७।
नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल भोली एक कार्यक्रममा सहभागि हुन गुल्मी आउने भएका छन् । गुल्मी रेसुङ्गा म्युजिक प्रालिको आयोजनामा सदरमुकाम तम्घासको चिदीचौरमा हुन गईरहेको वृहत सांस्कृतिक कार्यक्रममा महानायक हमाल आउने भएका हुन् ।

एक वर्ष अघि गुल्मी अर्लाङ्गकोटका दृष्टीविहिन वावुाम खरालको सहयोगार्थ छिमेकी जिल्ला बाग्लुङ्गको काँडेवासमा समेत वृहत सांस्कृतिक कार्यक्रम गरेर सहयोग जुटाएका त्यस संस्थाका प्रमुख रहेका गायक कलाकार सन्तु थापाले यसपाली पनि तम्घास बाख्रे छेडाका मृगौला पिडित एमबहादुर रानको सहयोगार्थ उक्त सांस्कृत कार्यक्रमको आयोजना गरेका हुन् ।
रानालाई केहि रकम सयोग गर्ने उद्देश्यका साथ भोली महानायक राजेश हमाल सहित ख्याती प्राप्त अन्य कलाकार सहितको भव्य सांस्कृतिक कार्यक्रम गर्न लागिएको संयोजक सन्तु थापाले जानकारी दिए । उनका अनुसार नायक हमालका अलावा मञ्जु पौड्याल, शिव हमाल, अनुषा पौड्याल निर्मला थापा सागर पाण्डे लगायतका राष्ट्रिय कलाकार आउने भएका छन् । भोली नै सो संस्थाले आयोजना गर्दै आएको डान्स आईडियल प्रतियोगिताको उत्कृष्ट प्रतियोगी छनौट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गायक सन्तु थापाका ४ वटा गिती एलवम नायक राजेश हमालको हातबाट विमोचन गरिने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको संयोजक सन्तु थापाले जानकारी दिए । नायक राजेश हमाल आउने भए पछि छिमेकी जिल्ला अर्घाखाँची, प्युठान , बाग्लुङ्ग र पाल्पा सम्मका मानिसहरुले टिकट बुकिङ्ग गरी सकेको आयोजकले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend