साझा नेटवर्क
पाकिस्तान लगिँदै गरेकी एक किशोरीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो ।
नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गरिएकोले त्यहाँ गएर बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।
उद्धार गरिएका किशोरीसँगै धादिङका भरत सुनारसमेत पक्राउ परेका छन् । ती किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँ–दुबई हुँदै पाकिस्तान पुगेको समेत माइती नेपालले जनाएको छ । माइती नेपालले किशोरीलाई परिवारको जिम्मा लगाउने जनाएको छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend