साझा नेटवर्क
गणेश थापा, गुल्मी जेठ ६।
गुल्मीको वामीमा रहेको सुर्योदय युवा क्लवले आज एक समारोहकाबिच बाख्रा पैचो तथा हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । वामी ५ अर्थुङ निवासी चुरा बहादुर खत्रीले सञ्चालन गरेको बाख्रापालन फर्मलाई १ लाख ७५ हजार बरावरको ४५ वटा बाख्रा हस्तान्त्रण गरिएको क्लवका अध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
बाख्रा पैचो हस्तान्त्रण कार्यक्रममा सारदा माविका प्र.अ. ज्ञानहरी सापकोटा, क्लवका पुर्व सचिव अर्जुन बि.क., सल्लाहाकार गजाधर सापकोटा, मुक्त गौतम, ठग बहादुर खत्री, भक्त केसी र बाख्रापालक कृषक चुरा बहादुर खत्री लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वि.स. २०५० सालमा स्थापना भई सँचालनमा रहेको क्लवले बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण, खेलकुदको बिकासमा बिभिन्न प्रतियोगिता, वामी कोट महोत्सव साथै सीप बिकास तालिम सञ्चालन गर्दे आएको अध्यक्ष सापकोटाले बताउनु भयो । बाख्रा पैचो हस्तान्त्रण कार्यक्रम क्लवका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता तथा सह सचिव उज्जवल खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend