साझा नेटवर्क
काठमाडौं जेठ ६।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएको छ । सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै कांग्रेले विद्यार्थी संगठन नेविसंघलाई सडकमा उतारेको हो ।नेवि संघले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा नेविसंघले स्कुले विद्यार्थीहरुलाई समेत प्रयोग गरेको छ ।

काठमाडौं जिल्ला समितिको आयोजनामा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।विरोध प्रदर्शनको अग्रभागमा बसेकाहरुले शिरमा काटो टालो बाँधेका थिए भने कालो मास्क नै लगाएका थिए ।

उनीहरुले बोकेको कालो ब्यानरमा ‘ओली सरकारको बहार, मन्त्री नै मन्त्री उपहार’, ‘सरकार कता हरायो ओलीजी, देश त कालो बजारीले चलायो’ जस्ता नारा लेखिएको थियो भने शंख समेत बजाइएको थियो । कोणसभामा नेवि संघ काठमाडौंका सभापति मनोज बैद्यले ओली सरकारले कालोबजारीलाई संरक्षण दिएको आरोप लगाए ।
नेपाल विद्यार्थी संघले १० गते विहान ८ बजे प्रधानमन्त्री निवास अगाडि खाली सिलिण्डर, जार प्रदर्शन गर्ने कार्यक्रम छ । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend