logo
  • शनिबार, साउन ९ २०८३

युरोपा लिगको उपाधिमा सेभिल्लाले हृयाट्रिक गर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, जेठ ६ ।
दोस्रो हाफमा लिभरपुल नाटकीय रुपमा धरासायी भएपछि सेभिल्लाले लगातार तेस्रो पटक युरोपा लिगको उपाधि जितेको छ ।एक गोलले पछि परेको अवस्था उल्टाउँदै सेभिल्लाले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो र युरोपा लिगको उपाधिमाहृयाट्रिक गरेको छ ।

Sevilla

यससँगै सेभिल्ला बार्यन म्युनिखपछि युरोपियन प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक जित्ने पहिलो टिम बनेको छ । बार्यनले १९७४ देखि १९७६ सम्म लगातार तीन पटक युरोपियन कप जितेको थियो ।

खेलमा लिभरपुलले ३५ औं मिनेटमा ड्यानिअल स्टार्डिजको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सेभिल्लाले कमब्याक गर्‍यो ।

Liverpool

दोस्रो हाफ सुरु भएको १७ औं सेकेन्डमा नै केभिन गामेरिओले गोल गरे । खेलको ६४ औं मिनेटमा एन्डुजार मोरेनोले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।मोरेनोले नै ७० औं मिनेटमा गोल गरेपछि सेभिल्लाले उपाधि पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend