देबेन्द्र केसी, नयाँ दिल्ली भारत ।
हुन त कुनैपनि मान्छे आफैमा पुर्ण हुदैन । केहि गुण अनि केहि अवगुण केहि आत्मियता अनि केहि टेढोपन ! जब भारत मा नेपाली कूटनीति सुन्यमा थियो तब केहि आसा केहि भरोसा नेपाली हाईकमान बाट लिएर नेपाली राजनीति मा खारिएको अनि स्थिति तथा परिस्थिति ले तिखारिएको ब्यक्तिको गत साल अप्रैल मा नयाँ दिल्ली को बाराखम्बा स्थित नेपाल एम्बेसी मा आबागमन भयो । छ बर्षे सुन्य कूटनीति ले नेपाल भारत समन्ध मात्र होईन राजदूत ले प्रयोग गर्ने सिरक डसना पनि धुल्याम्य भएका थिए ।

“यो सिरकबाट जस्तै धुलो झारेर म नेपाल भारतको समन्धलाई नयाँ उचाई दिन्छु ” सायद यहि सोचेहोलान त्यतिबेला त्यो सिरक डसनाको धुलो झार्दा । मोटो जिउडाल , ठुला अनि चम्किला आँखा मोदीकट वासकोट अनि नेपाली ढाका टोपी मा ज्यानमा पनि भारत नेपाल मिलाउछन मिसनकै शैलीमा । भारतीय रास्ट्रपति सामु आफ्नो ओहदाको प्रमाणपत्र बुझाउदै ज्यानले परिचय थियो “आई एम दिपकुमार उपाध्याय करेण्ट एम्बेस्टर अफ नेपाल” रास्ट्रपतिको अनुमति सड्गै ति चम्किला आँखाले यो चम्किलो सहरमा पिल्सिएका नेपाली हरुको समस्या खोज्न थाल्यो । दिल्ली,मुम्बई लगायतका महानगरहरुमा ।

प्रवासीका पिर मर्का बुझ्दै बुझाउदै सुन्यमा रहेको नेपाली कूटनीति लाई धार दिन राजदूत लाई कसैले सम्झाउन परेन । सक्रिय राजनीति गर्दा गर्दै राजदूत बनेर दिल्ली छिरेका उपाध्याय लाई दिल्ली मा राजनीति लाई पर राखेर सदैव राष्ट्र लाई मनस्पटलमा राखेर कार्य गरे । हामी प्रवास मा कार्यरत पत्रकार हरुले आफ्नो अभिभावक संस्था नेपाल पत्रकार महासंघ भारत साखा तदर्थ समिति गठन को कार्यक्रम मा हाम्रो पहिलो भेट भयो । मोदीकट वास्कोट र ढाका टोपीमा ठाँटिएका उपाध्याय को मधुर बचन र मिजाशिलो बानी सायद मलाई मन परेछ । त्यसपछि धेरै कार्यक्रम हरुमा हाम्रो सहकार्य भयो । गत बैसाखमा आएको महाभुकम्पले देश थिलो थिलो बनाउदा राजदूत लाई निद्रा कसरी लाग्थ्यो र ? कूटनीतिक सफलता देखाउदै भारत लाई सबै भन्दा पहिला देसमा पुर्याए ।
एम्बेसी मा पत्रकारहरुको रोहबरमा राहत सामग्री सड्कलन गरि नेपाल ट्रकका ट्रक पुर्याए । देशको घाउमा मल्हम लगाउन दिनरात एक बनाए राजदूतले । घाउमा खाटा बस्यो चर्रयाउन कम भयो । अनि आफ्नो “मिसन कूटनीति” अझ दुर्त गतिमा अघि बढ्यो । एकातिर कूटनीति अनि अर्कोतिर प्रवासी पिर निवारण निति गजबको तारमम्यता राजदूतको कार्यशैलीमा प्रस्टियो । नेपालबाट औसधोपचारका लागि आउने नेपाली नागरिक हरुलाई बिस प्रतिशत छुटमा उपचार पाउनुपर्छ भनेर भारतीय हाईकमान र भारतीय मेडिकल असोसियसन सँग लड्ने पहिलो नेपाली कूटनीतिज्ञ बने । नेपाल छिर्ने बोर्डरहरुको अबस्था बारे भारतीय ठालुहरुलाई अबगत गराउदै बोर्डरका रोडहरु चारलेनको गराउन माग गरे । उनले माग मात्र गरेनन पुरा पनि गराए ।
सधै मिसन कूटनीति कै चटारोमा रहने उपाध्यायलाई अझै चटारो अनि अफ्ठयारो मा पारिदियो दक्षिणमा मधेशी मोर्चाले गरेको आन्दोलन र त्यसलाई सघाउन गरेको भारतीय अघोषित नाकाबन्दीले । नेपालबाट नाकाबन्दी फुकाउन भारत लाई आग्रह गर भन्दै दबाव अनि भारतबाट नेपाल सरकार लाई मधेशीहरुको माग पुरा गर्न लगाउ भन्ने दबाव । दबावै दबावमा दशै तिहार बित्यो रामो सड्घर्षपछि भारतको अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्यो । बल्लचैनको सास लिएर राजदूत ले मिशन कूटनीतिको बिडा फेरि उठाए । मुन्टो बटारेर भएपनि भारत नेपाल कूटनीति तहमा आयो ।
सबै तारंम्यता मिलाएपछि घोषेमुन्टो लाएर प्रधानमन्त्री केपी ओली बथानसहित आए भारत। मुम्बई , गुजरात,उत्तराखंड को सैरपछि राजदूतावास मै पत्रकार सम्मेलन गरेर मेरो भ्रमण फलदायी भयो भनेर छाती फुलाए । ओलीको छाती ५६ ईन्चको बनाउदा पनि राजदूत उपाध्यायको मिसन कूटनीति काम लाग्यो । नेपाल फर्केसड्गै चिन हान्निएका ओलीले चिनबाट पनि ठुलै पोको कोसेली ल्याए । कोशेली पाएसड्गै भारत बिरुद्द आक्रामक बनेका ओलीलाई देखाई दिन भारतले बिभिन्न हतकण्डा अपनायो जसमा प्रचण्डको नेतृत्वमा काड्ग्रेसको सहमतिय सरकार बनाउने योजना पनि सामेल थियो ।
पटक पटक नेपाल मामिलामा असफल भारतीय कूटनीतिको कारण पछारिएको भारतले प्रचण्ड को महत्वाकांक्षा लाई आधार बनाएको अनुमान छ । तर यहाँ भारतले ओली सरकार ढाल्न खोज्नु , नवनिर्वाचित काड्गेस सभापति शेरबहादुर देउबाको सरकारमा जाने हतारो र माओबादी अध्यक्ष प्रचण्डको सरकार को नेतृत्व गर्ने लालचले आज राजदूत दिपकुमार उपाध्यायलाई बलिको बोको बनाई कथित चहलखेलको नाममा नेपाल फिर्ता बोलाईएको छ । राजदूत उपाध्यायलाई फिर्ता बोलाउने ओली सरकारले उनकै घटक माओबादीका नेता प्रचण्डको लालचलाई किन बुझेन ? प्रश्न टड्कारो छ ।
राजदूत उपाध्यायले भने झै “भगवानले जे गर्नुहुन्छ राम्रोको लागि गर्नुहुन्छ ” राजदूत उपाध्याय को भारत बसाई चुनौतीपुर्ण र सड्घर्षपुर्ण रह्यो अनि बिभिन्न ठाँउमा गरेका कामहरु र यो परिस्थिति स्मरणीय रहयो । प्राय सबैको मनमस्तिस्कमा राम्रो छाप बनाएका राजदूत उपाध्याय ले भनेझै नेपाल सरकार को यो कदमले प्रधानमन्त्री ओली, माओबादी नेता प्रचण्ड लगायत राष्ट्रले फिर्ता गरेका राजदूत उपाध्याय का सम्पूर्ण यात्राहरु सफल होउन कामना !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend