logo
  • शनिबार, साउन ३० २०८३

मेहनत र परिश्रममा नै सफलता छ – मोडल स्मृति श्रेष्ठ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द काठमाडौँ जेष्ठ ४ ।
अचम्मको शहर काठमाडौँ हजारौ युवा युवतीले आफ्नो भबिष्य निर्माण गर्ने शहर सबैको केन्द्र बिन्दु राजधानी काठमाडौँ साथै यहाँको रागिन दुनियामा भुल्न नचाहने मानिस सायद कमै होलान र यहि शहरमा दुख पिडा पनि त्यतिकै लुकेका छन्, भने सफलता थोरै मानिसले मात्र पाउछन यो शहरमा काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक लाखौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन ।
13231168_1785822454985114_114501487_n
सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफु लाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल स्मृति श्रेष्ठ ।

बिगत दुइ बर्ष देखि सिने नगरीमा संघर्ष गर्दै आएकी स्मृति अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । भर्खरै मात्र फोटोग्राफर राजेश राउत बाट फोटो शुट गराएकी स्मृतिले अब आउने दिनहरु मा मोडलिङ क्षेत्रलाइ ब्यबस्थित गर्न पनि लागि पर्ने बताउछिन । नृत्य र अभिनयमा पोख्त स्मृति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ अर्थात सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

13250572_1785822411651785_1452240123_nरामेछाप पुर्ख्यौली घर भएकी स्मृति अहिले काठमाडौँको बानेश्वरमा बस्छिन, भर्खर २२ औ बसन्तमा प्रवेश गरेकी मोडल स्मृति श्रेष्ठ हेर्दा पनि आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि मोडल स्मृति श्रेष्ठले अहिले सम्म पाँच वटा म्युजिक भिडियो र एउटा सर्ट मुभी मा काम गरि सकेकी छिन उनि भन्छिन यदि कसै बाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने स्मृति अभिनयमा पनि आफु लाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l स्मृतिले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन। परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी स्मृति श्रेष्ठ लाई हाम्रो तर्फ बाट पनि अग्रिम शुभकामना ।

फोटो : राजेश राउत

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend