साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी ।
तुराँग श्रोत केन्द्र मजुवा अन्तर्गतका बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको बैठक सम्पनन भएको छ । बैठकले बिद्यालय सुधार योजना निर्माण, बिद्यालयको समाजिक लेखा परिक्षण, बिद्यालय तथा बिद्यार्थीहरुको स्व मुल्याङ्कन, शिक्षाको गुणस्तरमा बृद्धि लगायतका बिषयमा बिशेष छलफल भएको छ ।
श्रोत ब्यक्ति टंकनाथ भण्डारीले सम्पुर्ण बिद्यालयहरुलाई माथी उल्लेखित निर्णय हरु कार्यान्वयन गर्नका लागी निर्देशन दिदै जिल्ला शिक्षा कार्यालयबाट प्राप्त निर्देशनहरुको बारेमा जानकारी गराउभएको थियो । बैठकमा कक्षा ३, ५ र ८ का लागी सञ्चालन हुने परिक्षाका बारेमा पनि जानकारी गराइएको थियो ।
ज्ञानोदय उमाबि तुराँगका प्राचार्य लक्ष्मी भण्डारीको अध्यक्षता रहेको बैठकको सहजीकरण श्रोत ब्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो । बैठकमा श्रोत केन्द्रका बिद्यालयहरुबाट ३० जना प्रद्यानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend