logo
  • शनिबार, साउन ९ २०८३

अस्थायी आवास निर्माण सम्पन्न गरेको एमाले गुल्मीद्वारा अग्नी पीडितलाई पुनः ८ लाख सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल गुल्मी जेष्ठ ३ ।
नेकपा एमालेले गुल्मीको वडागाउँ दजाकोटका अग्नी पीडितहरुका लागी राहत प्रदान गरेको छ । सोमबार वडागाँउ वडा नं १, २ र ३ का अग्नी पीडितहरुलाई नगद तथा जिन्सी गरी ८ लाख भन्दा बढिको राहत वितरण गरेको एमालेले जनाएको छ ।Uml 3

नेकपा एमालेको गुल्मी – काठमाण्डौ सम्पर्क मञ्च र गुल्मी– रुपन्देही सम्पर्क मञ्चले संकलन गरेको नगद तथा जिन्सी एक कार्यक्रमका बिच पीडितहरुलाई हस्तान्तरण गरिएका हो । गुल्मी – काठमाण्डौ सम्पर्क मञ्चले नगद तीन लाख र गुल्मी– रुपन्देही सम्पर्क मञ्चले नगद एक लाख गरी नगद चार लाख हस्तान्तरण गरेको गुल्मी – काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष श्रीप्रसाद पाण्डेयले जानकारी दिनुभयो । जिन्सी तर्फ गुल्मी रुपन्देहि सम्पर्क मञ्चले दुई लाख २४ हजार बराबरको पानी ट्यांकी, एक सय थान झुल र एक सय थान गुन्द्री वितरण गरेको छ ।

हामी सुखमा मात्र होइन दुखमा पनि साथमा छौ भन्ने अभियानका साथ राहत तथा उद्धारमा जुटेको नेकपा एमालेले युवा संघ नेपाल र अनेरास्ववियु तथा मातहत कमिटीको नेतृत्वमा स्वयम्सेवक परिचालन गरी अग्नी पीडितहरुको पुर्नबासका लागी अस्थायी आवास निर्माण गरी यस अघि नै हस्तान्तरण गरिसकेको छ । एमालेले मृतक परिवारका लागी प्रति परिवार १५ हजार र जिल्लाभरीका अग्नी पीडितका लागी राहत रकम प्रदान गर्ने जनाएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा एमाले गुल्मीका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, एमाले नेता शेषकान्त गौतम, खड्ग केशी, गुल्मी – काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्ष टिकाराम सापकोटा, गुल्मी रुपन्देहि सम्पर्क मञ्चका अध्यक्ष देवराज खनाल लगायतको सहभागीता रहेको थियो । राहत रकम तथा सामाग्री प्रदान गरेकोमा नेकपा एमाले प्रति आभार प्रकट गर्दै राहत संकलन तथा वितरणको नेतृत्व गर्र्दै आउनुभएका अगुवा समाजसेवी हरि छन्तेलले नेकपा एमालेले नै दजाकोटको पुर्ननिर्माणको लागी नेतृत्वदायी भुमिका निर्बाह गर्नेमा आफुहरु बिश्वस्त रहेको बताउनुभयो ।

पीडितहरुलाई निराश नहुन र दजाकोटको पुर्ननिर्माणमा जुट्न नेकपा एमालेको तर्फबाट आग्रह गर्दै एमाले अध्यक्ष पन्तले राज्य र स्वदेशी तथा विदेशी सवै निकायबाट सहयोग जुटाउन नेकपा एमाले लागी परेकोे बताउनुभयो । नेकपा एमालेले राहत वितरण कार्यक्रमलाई थानपती, दोहली, मलायगिरी, लिम्घा, अर्वेनी, हस्तिचौर, धुर्कोट रजस्थल लगायत जिल्लाका सवै अग्नी पीडित क्षेत्रमा पुगेर पीडितलाई राहत उपलब्ध गराउने गुल्मी – काठमाण्डौ सम्पर्क मञ्चका उपाध्यक्ष लक्ष्मण पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend