logo
  • शनिबार, साउन ३० २०८३

खाद्य सुरक्षा सम्बन्धि कार्यशाला गोष्टी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुवास वि.सी, पाल्पा जेष्ठ २।
तानसेनमा आईतबार देखि खाद्य सुरक्षा सम्बन्धि कार्यशाला गोष्टी सुरु भएको छ ।अमेरीकी सरकार अन्तरगतको स्वयमसेवी संस्था पिसकोरको आयोजनामा भएको गोष्टीमा पाल्पाका ९ विद्यालका ३६ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

पिसकोरले खाद्य सुरक्षा, कृषी क्षेत्रको प्रभाव, विरुवा व्यवस्थापन, माटो व्यवस्थापन, बगौचा तथा नर्सरी व्यवस्थापन, कलमी लगाउने, पोषण स्वास्थ्य, लैङ्गीक समानता लगायतको विषयमा सिकाईने जनाएको छ ।

गोष्टीका सहभागीहरुले पाँच दिने तालिम पश्चात आफूले सिकेका कुराहरु पिसकोरका स्वयम सेबीहरु संगै गाउँमा सिकाउने छन् । पिसकोर नेपालले पाल्पाको देउराली, अर्गली, खस्यौली, चापपानी, ताहू, मदनपोखरा, नायरनम्तलेस, झडेवा, छहरा गाविसमा कृर्षि, स्वास्थय, पोषण लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

पिसकोर नेपालका नेपाली नाम कृष्ण अधिकारी ज्याकले युवाहरुलाई कृर्षीमा आकर्षित गराउँने उद्देश्यले गोष्टी संञ्चालन गरेको बताउनु भयो । उहाँले युवाहरुको कृर्षी प्रति चासो कम र कृषी क्षेत्रमा लागेका युवाहरुलाई गाउँमा विश्वास कम गर्ने प्रविती रहेकाले युवाहरुलाई कृषिमा आत्म निर्भर बनाउदै गाउँमै स्थापित गराउनमा सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend