logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीका गोविन्द कर्णेलद्धारा आत्माहत्या


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ऐश्वर्य श्रेष्ठ/सन्दिप पाण्डे, कोरिया।
ईपिएस मार्फत कोरिया आएका एक नेपालीले आज आत्माहत्या गरेका छन् ।गुल्मी बलीथुम घर भएका गोविन्द कर्णेलले झुण्डिएर आत्माहत्या गरेको उनको भिनाजु टिका पाण्डेले पुष्टी गरेका छन् ।यान्फ्यानस्थित एक फर्निचर कम्पनीमा कार्यरत कर्णेल कम्पनीको स्टोर रुममा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएका थिए ।
govin
उनी दिउसो २ बजेसम्म काम गरेर आंखामा धुलो पसो भनी कोठामा गएका थिए । पछि उनले टाउको दुखो भनेर फान्छानिंमसंग छुटटी लिएको उनीसंग कार्यरत साथीले जानकारी दिए ।काम सकेर ९ बजे फर्किएका साथीहरुले खोज्दा उनी झुण्डिएका अवस्थामा फेला परेका थिए । २८ बर्षीय कर्णेलको एक श्रीमती र छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend